राजनीति राष्ट्र र जनता केन्द्रित रहेन भने परिणाम कति गम्भीर र घातक हुँदारहेछन् भन्ने छर्लङ्ग भएको छ
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले सर्वोच्च अदालतको फैसलाबाट सबैले पाठ सिक्नुपर्ने बताएका छन् । मंगलबार सामाजिक संजालमार्फत रावलले सर्वोच्च अदालतको फैसला र गत वर्षयताका घटनाक्रमबाट सबैले पाठ सिक्नुपर्ने बताएका हुन् ।
उनले राष्ट्र र जनताको स्वाभिमान, स्वतन्त्रता र समृद्धिका लागि राजनीति केन्द्रित रहेन भने त्यसका परिणाम कति गम्भीर र घातक हुँदारहेछन् भन्ने छर्लङ्ग भएको बताएका छन् ।
उनले भनेका छन्, ‘सर्वोच्च अदालतको फैसला र गत वर्षयताका घटनाक्रमबाट सबैले पाठ सिक्नुपर्छ । राष्ट्र र जनताको स्वाभिमान, स्वतन्त्रता र समृद्धिका लागि राजनीति केन्द्रित रहेन भने त्यसका परिणाम कति गम्भीर र घातक हुँदारहेछन् भन्ने छर्लङ्ग भएको छ । सबैलाई चेतना भया ।’
सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको कदम असंवैधानिक भन्दै पुनःस्थापना गरी कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।
सर्वोच्च अदालतको फैसला र गत वर्षयताका घटनाक्रमबाट सबैले पाठ सिक्नुपर्छ।राष्ट्र र जनताको स्वाभिमान, स्वतन्त्रता र समृध्दिका लागि राजनीति केन्द्रित रहेनभने त्यसका परिणाम कति गम्भीर र घातक हुँदारहेछन् भन्ने छर्लङ्ग भएको छ।सबैलाई चेतना भया।
— Dr. Bhim Rawal (@BhimRawal179) July 13, 2021