आगामी साउन २५ गतेदेखि विधान महाधिवेशन गर्ने एमालेको निर्णय



काठमाडौं । नेकपा एमालेले असार मसान्तसम्म पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले असार मसान्तसम्ममा नवीकरण सक्न र साउन ५ गतेभित्र अन्तिम नामावली केन्द्रीय कार्यालयमा पठाउन मातहतका कमिटीलाई निर्देशन दिने निर्णय गरेको हो।

यस्तै बैठकले पार्टीको विधान महाधिवेशन आगामी साउन २५ देखि २७ गतेसम्म काठमाडौंमा गर्ने निर्णय पनि गरेको छ ।

महासचिव ईश्वर पोखरेललाई सांगठिनक, उपमहासचिव विष्णु पौडेललाई विधान संशोधन र निर्माण तथा नेता रामबहादुर थापालाई व्यवस्थापनको जिम्मा दिइएको छ । बैठकले आउँदो भदौ ५ गते वडा र १५ गते पालिका अधिवेशन गर्ने निर्णय पनि गरेको छ।

आफ्ना केन्द्रीय सदस्यहरूलाई आगामी मंसिरका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी जुट्न निर्देशन दिने निर्णय गरेको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विपी राजमार्गमा साँझ ५ बजेदखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक

काभ्रे । विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा आगामी साउन १ गतेदेखि रातिको समयमा १२ घण्टा

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटाएको छ ।

आगामी आमनिर्वाचनमा आफ्नो पार्टीबाहेकको चुनाव चिन्हमा मत हाल्ने अवस्था आउँदैनः महामन्त्री शर्मा

बारा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस एक्लै चुनाव लड्न सक्षम रहेकाले

भगवती न्यौपाने सामान्य प्रशासन मन्त्री नियुक्त

काठमाडौं । नेकपा एमालेकी नेतृ भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा