२३ सांसदलाई सर्वोच्चमा बुझाएको हस्ताक्षर फिर्ता लिन एमालेको दुई दिने अल्टिमेटम



काठमाडौँ । नेकपा एमालेले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा प्रयोग भएको हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन आफ्ना २३ सांसदलाई निर्देशन दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको हो ।

विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेका झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका २३ सांसदले हस्ताक्षर गरेका छन् । उक्त हस्ताक्षर दुई दिन भित्र फिर्ता लिन बैठकले निर्देशन दिएको नेता विष्णु रिजालले जानकारी दिए ।

बैठकमा माधवकुमार नेपाल पक्ष भने सहभागी भएको छैन । बैठकमा उपाध्यक्ष वामदेव गौतम र पूर्वमाओवादीबाट एमाले प्रवेश गरेका रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु साहलगायत भने उपस्थित छन् ।देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै खनाल नेपाल समूहका २३ सांसदसहित विपक्षी गठबन्धनका एक सय ४६ सांसदले सर्वोच्चमा रिट दर्ता गरेका छन् । उक्त रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विपी राजमार्गमा साँझ ५ बजेदखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक

काभ्रे । विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा आगामी साउन १ गतेदेखि रातिको समयमा १२ घण्टा

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटाएको छ ।

आगामी आमनिर्वाचनमा आफ्नो पार्टीबाहेकको चुनाव चिन्हमा मत हाल्ने अवस्था आउँदैनः महामन्त्री शर्मा

बारा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस एक्लै चुनाव लड्न सक्षम रहेकाले

भगवती न्यौपाने सामान्य प्रशासन मन्त्री नियुक्त

काठमाडौं । नेकपा एमालेकी नेतृ भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा