प्रमुख जिल्ला अधिकारीमार्फत कहिलेसम्म शासन चल्छ ?



काठमाडौं । नेपाली कांग्रेसकातर्फबाट राष्ट्रियसभाका सदस्य राधेश्याम अधिकारीले प्रतिनिधिसभा विघटन र राष्ट्रपतिको भूमिका प्रति प्रश्न उठाएका हुन् ।

राष्ट्रियसभाको बिहीबारको बैठकमा सांसद अधिकारीले राष्ट्रपतिजस्तो गौरवको संस्था केवल प्रधानमन्त्रीले जे भन्यो त्यही गर्नेमा सीमित भएको बताएका हुन् । उनले कोरोना संकटले मुलुक ग्रस्त भएका बेला प्रधानमन्त्रीले दुई पटक संसद विघटन गर्नु मुलुक र जनताका लागि बिडम्बनापूर्ण भएको बताए ।

पहिलो पटक प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले एकमतले अस्वीकार गरेको अवस्थामा फेरि विघटन गरेको बताए । सरकार उल्टो दिशामा हिँडेको भन्दै अधिकारीले प्रधानमन्त्रीले जनताको संसदलाई विश्वास नगरेको बताए ।

उनले भने, ‘आफ्नो पार्टीलाई जोगाउन सक्नु भएन । आफ्ना सहयोगीलाई समेट्न नसक्नेले प्रतिपक्षीलाई कसरी समेट्नु होला मलाई विश्वास छैन । प्रधानमन्त्रीका कारण राष्ट्रपतिको गरिमा घटेको छ । राष्ट्रपतिको प्रतिरक्षा प्रधानमन्त्रीले गरेर मात्र पुग्ला र ?’

कोभिडविरुद्धको खोप ल्याउने भनेर सरकारले जति प्रचार गरेपनि खोप ल्याउन नसकेको तीतो यथार्थ रहेको भन्दै उनले यसले हाम्रो कुटनीतिक प्रयास कस्तो रहेछ भन्ने स्पष्ट भएको बताएका छन् ।

उनले नेपाली जनताले अहिले राणाकालिन बडाहाकिमको जस्तो शासन व्यहोर्नु परेको बताए । अधिकारीले प्रमुख जिल्ला अधिकारीमार्फत कहिलेसम्म शासन चल्छ भन्दै प्रश्न गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रास्वपाको ऊर्जा तथा जलस्रोत विभागको अग्रसरतामा चोभार गल्छीको भविष्यबारे नीतिगत संवाद

काठमाडौं । देशको जलस्रोत व्यवस्थापन र वातावरणीय संरक्षणका दृष्टिले अति संवेदनशील चोभार गल्छीको दीर्घकालीन

सर्वोच्चको फैसलाले संवैधानिक सर्वोच्चताको मान्यतालाई धराशायी बनाएको पूर्वन्यायाधीश फोरमको आरोप

काठमाडौँ । पूर्वन्यायाधीश फोरमले ५२ संवैधानिक पदाधिकारी नियुक्ति विवादमा सर्वोच्च अदालतले गरेको फैसलाले

लेखा र अर्थ समितिको दुईथरी निर्देशनले सेबोन अन्यौलमा

काठमाडौं । नेकपा माओवादी केन्द्रले नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिन हतार नगर्न सुझाव

रसुवामा सुरक्षाकर्मीले पदमार्ग बनाए यसरी पठाउँदैछन् बाढी प्रभावितलाई सुरक्षित स्थानमा(फोटोफिचर)

काठमाडौं । असार २४ गते मध्यरातमा भोटेकोशीमा आएको बाढी कारण पूर्ण रुपमा बन्द