राष्ट्रपतिले गरेको विवेकपूर्ण निर्णय अदालतले हेर्न नमिल्ने सरकारी वकिलको जिकिर



काठमाडौं । सहन्यायाधिवक्ता गोपाल प्रसाद रिजालले विश्वासको मत पाउँदिन भन्ने यकिन भएपछि प्रधानमन्त्रीले संसदमा विश्वास परीक्षण गर्नु नपर्ने दाबी गरेका छन् ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा बुधबार बहस गर्दै सहन्यायाधिवक्ता रिजालले विश्वासको मत प्राप्त गर्न नसक्ने भएपछि संसदमै जानुपर्छ भनेर संविधानले नभनेको दाबी गरेका हुन् । उनले धारा ७६ (५) मा दावी गर्ने संसद सदस्यले पेश गरेको आधारको बारेमा राष्ट्रपति सन्तुष्ट हुनुपर्ने जिकिर गरेका छन् ।

अर्का सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले प्रधानमन्त्री नियुक्तिका सम्बन्धमा राष्ट्रपतिले गरेको विवेकपूर्ण निर्णय अदालतले हेर्न नमिल्ने दाबी गरे । उनले धारा ७६ (५) राष्ट्रपतिको विशेष अधिकार भएको दाबी गर्दै त्यसरी नियुक्त प्रधानमन्त्रीले विश्वासको मत पाउने/नपाउने आधार राष्ट्रपतिले हेर्ने बताए ।

उनले भने, ‘७६(५) मा राष्ट्रपतिलाई कसैले सिफारिस गर्ने र राष्ट्रपतिले ७६ को धारामा कसैसँग सल्लाह गर्ने समेत कल्पना गरिएको छैन । राष्ट्रपतिलाई ७६ (५) मा अलग अधिकार दिएको छ। यो विशेष अवस्था हो। ७६ (५) अनुसार राष्ट्रपतिले गरेको विवेकपूर्ण निर्णय अदालतले हेर्न मिल्दैन।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल र चीनका ४६ र भारतको एकसहित ४७ वटा हिमताल विस्फोटको जोखिममा

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जलवायु परिवर्तनको मुख्य कारक कार्बन उत्सर्जनको

रास्वपाको ऊर्जा तथा जलस्रोत विभागको अग्रसरतामा चोभार गल्छीको भविष्यबारे नीतिगत संवाद

काठमाडौं । देशको जलस्रोत व्यवस्थापन र वातावरणीय संरक्षणका दृष्टिले अति संवेदनशील चोभार गल्छीको

सर्वोच्चको फैसलाले संवैधानिक सर्वोच्चताको मान्यतालाई धराशायी बनाएको पूर्वन्यायाधीश फोरमको आरोप

काठमाडौँ । पूर्वन्यायाधीश फोरमले ५२ संवैधानिक पदाधिकारी नियुक्ति विवादमा सर्वोच्च अदालतले गरेको फैसलाले

लेखा र अर्थ समितिको दुईथरी निर्देशनले सेबोन अन्यौलमा

काठमाडौं । नेकपा माओवादी केन्द्रले नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिन हतार नगर्न सुझाव