कांग्रेस नेताहरुबीच महाधिवेशन केन्द्रित छलफललाई तीव्रता



काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनको मिति नजिकिँदै जाँदा कांग्रेसका नेताहरूले भेटघाटलाई तीव्र बनाएका छन् । यसैक्रममा मंगलबार पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइरालाको ‘लञ्ज मिटिङ’ भएको छ ।

कांग्रेसभित्र नयाँ धार निर्माणका लागि प्रयास गरिरहेका उनीहरूबीच महाधिवेशनमा सहकार्य गर्ने र पार्टीलाई सुदृढ बनाउने विषयमा छलफल भइरहेको बताइएको छ ।

यसअघि पनि उनीहरुबीच दुईपटक छलफल भइसकेको छ । यसअघि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्ण सिटौला र सुजाता कोइरालाबीच पनि भेटवार्ता भएको थियो । उनीहरुबीच महाधिवेशनमा मिलेर जाने विषयमा कुराकानी भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘मेरा पनि छोराछोरी छैनन्, सायद मैले समयमै बिहे नगरेर पनि होला’

-केपी शर्मा ओली । कुनै पनि देश हुनका लागि जनसङ्ख्या चाहिन्छ । जनसङ्ख्या

राप्रपाका वरिष्ठ नेता पशुपति शम्सेर जबरालाई जनसम्मान

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संस्थापक एवं वरिष्ठ राजनीतिज्ञ पशुपति शम्शेर

कोभिड महामारी र भूकम्पपछिको पुनर्निर्माणमा चिनियाँ जनमुक्ति सेनाले गरेको सहयोग अतुलनीयः प्रधानसेनापति सिग्देल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले पञ्चशीलका सिद्धान्तमा आधारित नेपाल–सम्बन्ध अतुलनीय रहेको जनाउँदै नेपाली

आगामी दिनमा पूर्वराजालाई ‘श्री ५’ नलेख्ने शर्तमा ज्ञानेन्द्रका संवाद सचिव रिहा

काठमाडौं । प्रहरीले पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा फणिराज पाठकलाई आगामी दिनमा