खोप ल्याउन नसक्नुले सरकार कुटनीतिक रुपमा असफल प्रमाणित : प्रकाशमान सिंह



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले जनताको स्वास्थ्यमा गम्भीर हेलचेक्राई गरेको आरोप लगाउनुभएको छ । आइतबार बिहान आफ्नै निवासमा पत्रकारहरुसँग कुरा गर्दै नेता सिंहले सरकार कमिशनको खेलमा लागेका कारण कोरानाविरुद्धको खोप समयमा नै ल्याउन नसकेको आरोप लगाए ।

उनले पहिलो डोज खोप लगाएका १४ लाख नागरिक दोस्रो डोजको पर्खाइमा रहेकाले तत्काल यसमा ध्यान दिन सरकारलाई आग्रह गरेका छन् । कोरोनाविरुद्धको दोस्रो डोज खोप समयमा नै ल्याउन नसक्नुले सरकार कुटनीतिक रुपमा असफल भएको समेत उनले बताए ।
‘पहिलो डोज खोप लगाएका १४ लाख नागरिकहरु अहिले दोस्रो डोजको प्रतिक्षामा छन् ।’ उनले भने, ‘समयमा नै दोस्रो डोज खोप लगाउन नपाउँदा  ति जनताको स्वास्थ्य अहिले जोखिममा छ । यसमा सरकारको समयमा नै ध्यान जाओस् ।’

साथै नेता सिंहले जनताको स्वास्थ्य जस्तो संवेदनशील विषयमा सरकारले हेलचेक्राई गर्न नहुने बताए । सरकार उत्तरदायी नहुँदा समयमा नै कोरोना नियन्त्रण हुन नसकेको उनको आरोप छ ।

फरक प्रसङ्गमा नेता सिंहले पार्टीका १४ महाधिवेशनको तयारी तिव्र रुपमा भइरहेकाले समयमा नै माहाधिवेशन सम्पन्न हुने बताए । साथै उनले १४ महाधिवेशन समयमा नै सम्पन्न गर्ने वातावरण निर्माण गर्न र विधि प्रक्रिया अनुसार अगाडि बढ्न पार्टीका नेता कार्यकर्तालाई आग्रह समेत गरेका छन् ।

नेता सिंहले सिन्धुपाल्चोक, मनाङ लगायत देशका विभिन्न भागमा अविरल वर्षाका कारण आएको बाढी पहिरोले जनजीवन कष्टकर बनाएकाले गम्भीरताका साथ पहल थाल्न सरकारसँग अपील गरेका छन् । उनले देशभर बाढी पहिरोको मारमा परेका नागरिकको दुःखमा आआफ्नो ठाउँबाट साथ र सहयोग गर्न पनि सबैलाई आग्रह समेत गरेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल र चीनका ४६ र भारतको एकसहित ४७ वटा हिमताल विस्फोटको जोखिममा

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जलवायु परिवर्तनको मुख्य कारक कार्बन उत्सर्जनको

रास्वपाको ऊर्जा तथा जलस्रोत विभागको अग्रसरतामा चोभार गल्छीको भविष्यबारे नीतिगत संवाद

काठमाडौं । देशको जलस्रोत व्यवस्थापन र वातावरणीय संरक्षणका दृष्टिले अति संवेदनशील चोभार गल्छीको

सर्वोच्चको फैसलाले संवैधानिक सर्वोच्चताको मान्यतालाई धराशायी बनाएको पूर्वन्यायाधीश फोरमको आरोप

काठमाडौँ । पूर्वन्यायाधीश फोरमले ५२ संवैधानिक पदाधिकारी नियुक्ति विवादमा सर्वोच्च अदालतले गरेको फैसलाले

लेखा र अर्थ समितिको दुईथरी निर्देशनले सेबोन अन्यौलमा

काठमाडौं । नेकपा माओवादी केन्द्रले नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिन हतार नगर्न सुझाव