गृह प्रशासनको क्षेत्रमा जनताले अनुभूत गर्ने गरी काम गर्छुः गृहमन्त्री अधिकारी



काठमाडौं । गृहमन्त्री खगराज अधिकारीले निर्धारित समयमा निर्वाचन गराउन गृह मन्त्रालय तयारी अवस्थामा रहेको बताएका छन् । मंगलबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री अधिकारीले निर्धारित मितिमा निर्वाचन गराउनका लागि गृह मन्त्रालयले आवश्यक तयारी पुरा गरेको बताएका हुन् ।

आवश्यक सम्पूर्ण तयारी पुरा भएकाले चुनाव नर्गनका लागि रोकिनुपर्ने कुनै कारण नभएको उनले बताए । उनले भने, ‘दुई चरणमा चुनाव गर्ने भनेको छ । त्यसमा कुन कुन जिल्ला वा निर्वाचन क्षेत्र कसरी गर्ने समेतको स्ट्राटेजीका साथ निर्वाचन आयोगसँग समन्वय गरेर सम्पूर्ण तयारी छ । र अब हामीलाई चुनावको निर्णय गरिसकेपछि रोकिनुपर्ने केही कारण छैन । सबै तयारी छ । आवश्यक लजिष्टिक देखि लिएर जनशक्ति विन्यास देखि लिएर सुरक्षा प्रवन्धदेखि लिएर निष्पक्षताका लागि गर्नुपर्ने सबै कुरा आन्तरिक गृहकार्यमा सम्पूर्ण तयारी भइसकेको छ । यसको कार्यान्वयको सम्बन्धमा दलहरु सँगको एउटा सहमति, सहकार्यपछि अगाडि बढ्दा हामीलाई तयारी पुगेन भन्नुपर्ने केही कारण छैन ।’

देशको स्वाधिनताको रक्षा र कानूनको पालनामा खबरदारीसहित साथ दिन आग्रह गर्दै मन्त्री अधिकारीले आफूले पदको कुनै दुरुपयोग नगरी इमान र विवेकका साथ देशको माटोको रक्षा र सुशासनका लागि दत्तचित्त भएर काम गर्ने प्रण गरे ।

‘‘म यहाँ कमाउन आएको होइन, मलाई कुनै आर्थिक लाभ लिनु छैन । म गृह प्रशासनको क्षेत्रमा जनताले अनुभूत गर्ने गरी नयाँ केही छाप दिएर ख्याति कमाउन चाहन्छु ।’’ उनले भने, ‘‘मलाई गृह प्रशासन र सुरक्षा निकायमा कुनै दबाब र प्रभाव विस्तार गर्नु पनि छैन । कतिपय नेताबाट दबाब र प्रभाव त हुँदोरहेछ तर म नियम र कानूनअनुसार प्रणालीले काम गरोस् भन्ने चाहन्छु ।’’ उनले सीमाको सम्बन्धमा नेपाली संवेदनशील भएको भन्दै सरोकारवालालाई त्यो कुरा कुरा बुझिदिन आग्रह गरे । उनले भने, ‘नेपालीहरु सीमाको आफ्नो सार्वभौमिकता बारे अत्यन्तै संवेदनशिल छन् । जसरी अरु देशहरु संवेदनशील छन् । त्यसरी नेपालीहरुको संवेदनशीलता बुझिदिन हामी अनुरोध गर्न चाहन्छौँ । हामी हाम्रो सीमा रक्षाका लागि अरुले हाम्रो संवेदनशीलता बुझिदिनुपर्छ भन्ने कुरा प्रष्ट राख्न चाहन्छौँ ।’

मन्त्री अधिकारीले कोभिड १९ विरुद्धको खोपको तेस्रो ट्रायलमा जाने ढाँचाको खोप ल्याउने विषयमा पनि छलफल भइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लेखा र अर्थ समितिको दुईथरी निर्देशनले सेबोन अन्यौलमा

काठमाडौं । नेकपा माओवादी केन्द्रले नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिन हतार नगर्न सुझाव

रसुवामा सुरक्षाकर्मीले पदमार्ग बनाए यसरी पठाउँदैछन् बाढी प्रभावितलाई सुरक्षित स्थानमा(फोटोफिचर)

काठमाडौं । असार २४ गते मध्यरातमा भोटेकोशीमा आएको बाढी कारण पूर्ण रुपमा बन्द

प्रविधिमैत्री बन्दै नेपाली खेलकुद : सातदोबाटोमा ‘नेशनल हाई पर्फमेन्स सेन्टर’ उद्घाटन(फोटोफिचर)

काठमाडौं । नेपाली खेलकुदलाई प्रविधिमैत्री बनाउने उद्देश्यले स्थापित ‘नेशनल हाई पर्फमेन्स सेन्टर’ औपचारिक

सात महिनापछि बालेनले बोलाए कार्यपालिका बैठक

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सात महिनापछि कार्यपालिका बैठक बोलाएका छन्