सरकार परिवर्तनको खेलमा नलाग्न पार्टी नेतृत्वलाई कांग्रेस केन्द्रीय सदस्यहरुको सुझाव



काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले सरकार परिवर्तनको खेलमा नलाग्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन् ।

पार्टी कार्यालय सानेपामा सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्ने अधिकांश सदस्यहरुले अहिलेको अवस्थामा सरकार परिवर्तन गर्ने वा नगर्ने भन्ने बिषय नेकपाको आन्तरिक बिषय भएको भन्दै यसमा सहभागी हुन नहुने तर्क गरेका थिए ।

केही दिनयता जारी बैठकमा पार्टीको महाधिवशेनको कार्यतालिकका साथै पछिल्लो राजनीतिक घटनाक्रममा बारेमा छलफल भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनले सरकार परिवर्तनको बिषय नेकपाको आन्तरिक बिषय भएको भन्दै नेकपाको घर झगडामा सहभागी नहुने बताए ।

शर्माले पछिल्लो समय नेकपाका केही नेताहरु निरन्तर रुपमा पार्टी सभापति शेरबहादुर देउवालाई भेट्न आएको जानकारी दिए । उनले कांग्रेस प्रतिपक्षीमा बसेर सरकारलाई आवश्यक सुझावमात्र दिइने र सरकार परिवर्तनको बिषयमा कांग्रेसलाई कुनै सरोकार नै नभएको बताए ।
बैठकमा फाल्गुन सात गते नै पार्टीको महाधिवशेन गर्नेगरि कार्यतालिका हेरेफेर गर्ने गरि छलफल भइरहेको प्रवक्ता शर्माले जानकारी दिए । त्यस्तै सोमबारको बैठकमा नेता भीष्मराज आङ्दाङ्बेले अनुशासन आयोगको प्रतिवेदन पेश गरेका थिए । गत चैत्रमा कांग्रेसले केन्द्रीय सदस्य आङ्दम्वेको नेतृत्वमा केन्द्रीय अनुशासन समिति गठन गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सगरमाथा संवादमा सहभागी हुन चिनियाँ प्रतिनिधिमण्डल काठमाडौंमा

काठमाडौँ । चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी नेपाल भ्रमणका

अनुकूलताअनुसार हिउँदे वा वर्षे बिदाको अव धिमा पनि पठनपाठन गर्न सामुदायिक विद्यालयलाई मन्त्रालयको अनुरोध

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे अथवा वर्षे बिदाको

प्राधिकरणले भन्यो-गौतमबुद्ध विमानस्थलका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण मन्त्रिपरिषदको निर्णय बमोजिम

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक पर्ने

मन्त्रिपरिषद बैठकद्वारा बेपत्ता छानबिन र सत्यनिरुपण आयोगमा पदाधिकारी नियुक्त

काठमाडौं । सरकारले पूर्वमुख्यसचिव लीलादेवी गड्तौलालाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षमा नियुक्त