थप २७३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५,३३५ पुग्यो



काठमाडौं । पछिल्लो २४ घण्टामा थप २७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा गरी २७३ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै कुल संक्रमितको संख्या ५, ३३५ पुगेको छ । त्यसैगरी ९१३ जना डिस्चार्ज भएका छन् ।

यसैबीच, पर्साको वीरगंजमा मृत भेटिएका एक पुरुषको पनि परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको छ भने बाराको निजगढका पाँच वर्षीय बालकको पनि मृत्यु भएको छ ।

शुक्रबार उपचारका लागि अस्पताल लगिएकोमा सुरुमा आरडिटी रिपोर्ट आएको र पीसीआर परीक्षणको रिपोर्ट नआउँदै उनको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । पछि रिपोर्टमा उनको पनि कोरोना पोजेटिभ देखिएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

दाङ । दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ । बबई नदीमा

सरकारले बीमा प्राधिकरणका अध्यक्ष ओझामाथि छानबिन गर्न बनायो तीन सदस्यीय समिति

काठमाडौँ । सरकारले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन गर्न समिति गठन

मुग्लिन-पोखरा सडकको पूर्वी खण्डको काम नसकिँदै सकियो तेस्रो पटक म्याद

दमौली।  मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) को तेस्रो पटक थप भएको म्याद