थप ४४८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५,०६२



काठमाडौं । शुक्रबार नेपालमा थप ४४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४४८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

गौतमका अनुसार २४ महिला र ४२४ पुरुषमा कोरोना संक्रमण देखिएको हो । थपिएकासहित नेपालमा संक्रमितको संख्या ५ हजार ६२ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए । प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७२ जिल्लामा संक्रमण देखिएको छ । त्यस्तै कोरोनाका कारण अर्घाखाँचीका एक जनाको मृत्यु भएको हो ।

जेठ २९ गते ५७ वर्षीय व्यक्तिको कोरोना पोजेटिभ रिपोर्ट आएको तर जेठ ३० मा मृत्यु भएको हो । मृतक भारतबाट १२ दिनअघि आएका थिए । श्वासप्रश्वासको समस्या देखिएको थियो। भारतबाट फर्किएपछि उनी क्वारेन्टाइनमा बसेको पाइएको मन्त्रालयले जनाएको छ । स्वासप्रश्वासमा समस्या भएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गरी संक्रमणमुक्त नहुँदै डिस्चार्ज गरिएको पाइएको प्रवक्ता गौतमले बताए । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

त्यस्तै शुक्रबार पिसिआर बिधिबाट एक लाख २१ हजार ८ सय ६२ जनाको परिक्षण गरिएको छ भने आरडिटी बिधिबाट एक लाख ८८ हजार ५२ जनाको परिक्षण भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रोल्पाको थबाङमा जीवन शर्माको ‘सिमली छायाँमा…’ प्रचण्डको छमछमी(भिडियोसहित)

रोल्पा । बैतडीको पाटनबाट सुरु गरिएको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल

ग्लोबल छनोटमा पुग्न सफल नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । आईसीसी महिला

गृह मन्त्रालयका सहसचिव भट्टराई हाजिरी जमानीमा रिहा

काठमाडौँ । गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई रिहा भएका छन् । अख्तियार दुरुपयोग

प्रचण्ड रोल्पाको थबाङ पुग्दा…

रोल्पा । बैतडीको पाटनबाट सुरु गरिएको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल