नेपालमा थप २७९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४,३६४ पुग्यो



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार मोरङमा गरिएको परीक्षणमा झापाका एक जना, कोशी प्रादेशिक अस्पतलामा गरिएको परीक्षणमा झापाका चार जना, उदयपुरका एक जना, भरतपुरमा गरिएको परीक्षणमा चितवनका २ जना, पोखरामा गरिएको परीक्षणमा नवलपुरका एक जना, जनकपुरमा गरिएको परीक्षणमा सर्लाहीका दुई, रुपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तुका ७ जना, नवलपसरासीका ५ जना, पाल्पा १२, प्यूठानका ६, रुपन्देहीका सात जना, भेरीमा गरिएको परीक्षणमा बाँकेका ३, बर्दियाका एक, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीका ६ जना, सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका २५, जाजरकोटका ३ जना, सुर्खेतका ९ जना, सेतीमा गरिएको परीक्षणमा दार्चुलाको एक, कैलालीका १२ जना, कंचनपुरका दुई जना, डडेलुधराका एक जनामा, धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा सर्लाहीका दश जना, कपिलवस्तुका १९ जनामा, काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा धादिङका १६, धनुषाका ११ जना, गोरखाका ४ जना, कपिलवस्तुका २२ जना, नुवाकोटका एक, रौतहटका ५३ जना सर्लाहीका १५ जना, सिन्धुपाल्चोकका २, सिरहाका एक, उदयपुरका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै कोरोना संक्रमितको संख्या ४,३६४ पुगेको छ । त्यस्तै अहिलेसम्म ६७४ डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निषेध गरेर लाने भए सरकारले औपचारिक रुपमै भन्दियोस् तिमीहरु विद्रोहमा जाउः अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दूराज्यमा आस्था राखेकै

सरकारले आफ्ना मान्छे बचाउने खेल खेलिरहेको छः प्रचण्ड

डडेल्धुरा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार गलत

हरितगृह ग्यास उत्सर्जनमा हाम्रो भूमिका न्यून छ, तर हामीले असर भने धेरै भोगिरहेका छौँः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल जोगाउनु पृथ्वी, महासागर र स्वयम् मानवता

जलवायु प्रेरित प्रकोपहरूले मानव अस्तित्व र जीविकोपार्जनको जगलाई नै हल्लाइरहेको छः परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हिमालहरु मानव जातिका साझा स्रोत भएका