‘मोदीजी, पशुपतिनाथ र मुक्तिनाथसँग आशिर्वाद लिनुस्, यस्तो पवित्र भूमिको एक इन्च भूमि लिनु हुन्न भन्नुस्’



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका राष्ट्रियसभाका सांसद नारायणकाजी श्रेष्ठले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सच्चिन आग्रह गरेका छन् । मंगलबारको राष्ट्रियसभाको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले मोदीलाई पशुपतिनाथको आशिर्वाद लिएर सच्चिन आग्रह गरेका हुन्

उनले भने,‘यो बेलामा पशुपतिनाथ र मुक्तिनाथसँग तपाईंको आध्यात्मिक प्रकृतिको व्यक्तित्वको आधारमा तपाईले आराधना गर्नुहोस् । तपाईंले शक्ति लिनुहोस् । यस्तो तपोभूमि, यस्तो पवित्र भूमिको एक इन्च भूमि पनि हामीले लिनु हुँदैन भनेर सोच्नुस् यसबाट तपाईं धन्यवादको पात्र हुनुहुनेछ ।’

श्रेष्ठले नेपाल र नेपाली जनता भारत विरोधी हुन नसक्ने भन्दै नेपालको राष्ट्रियता र सार्वभौमिकताको पक्षमा उभिनु आफ्नो कर्तव्य रहेको बताए । उनले नेपाल कुनै पनि छिमेकीकाविरुद्ध नलाग्ने बताए । उनले तथ्य र प्रमाणसहित समस्या समाधानका लागि नेपाल तयार रहेको र भारत सरकारले पनि यसलाई सकारात्मक रुपमा लिएर अघि बढ्नुपर्ने बताए ।

उनले भारतसँग सीमा अतिक्रमणको समस्या रहेको भन्दै भूमि फिर्ता गरेपछि समस्या समाधान हुने बताए । असमान सन्धी सम्झौता खारेज गर्दै नयाँ सन्धी सम्झौता गर्नुपर्ने बताए । श्रेष्ठले सन् १९५० को सन्धी खारेज गरी नयाँ सन्धी सम्झौता गर्नुपर्ने बताए । उनले भारतलाई कुटनीतिक तत्काल वार्ताका लागि आग्रह गरेका छन् । भारतले वार्ता गर्ने भनेपनि मिति तय नगरेको भन्दै वार्ता व्यवहारिक रुपमा वार्ता सुरु गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्राधिकरणले भन्यो-गौतमबुद्ध विमानस्थलका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण मन्त्रिपरिषदको निर्णय बमोजिम

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक पर्ने

मन्त्रिपरिषद बैठकद्वारा बेपत्ता छानबिन र सत्यनिरुपण आयोगमा पदाधिकारी नियुक्त

काठमाडौं । सरकारले पूर्वमुख्यसचिव लीलादेवी गड्तौलालाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षमा नियुक्त

लगानी बोर्ड बैठकद्वारा अर्थमन्त्रीको संयोजकत्वमा सार्वजनिक–निजी साझेदारी परियोजना प्राथमिकीकरण समिति गठन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको लगानी बोर्डको बैठकले परियोजनाहरूको प्राथमिकीकरण

पोखरामा माइक्रोबस दुर्घटना हुँदा ३ जनाको मृत्यु

मलेखु । धादिङबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ८६३० नम्बरको विद्युतीय माइक्रोबस