यसरी बढाऔं कोरोनासंग लड्ने क्षमता



हाम्रो आकास तथा धरतीमा करोडौं किटाणु छन् | त्यस मध्ये नोबेल कोरोना एउटा भाइरस हो | रोग त्यसलाई लाग्छ, जसको रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ | रोगसँग लड्ने क्षमताको बिकास गरेमा यस्ता खहरे रोगसँग डराउनु पर्दैन |

रोग प्रतिरोधात्मक क्षमता बढाउन निम्न उपाय अबलम्बन गरौँ |
१. पोषिलो र घरमा बनेको खाने कुरा खाने बानी बसालौं | हरियो सागसब्जी, फलफुल, दुध, गेडागुडी नियमित खाने गरौँ | खानामा जति बिबिधता भयो, हामी त्यति स्वस्थ हुन्छौं | भिटामिन C, B6, E, Zinc लगायत पोषण पाउने खाना सेवन गरौँ |
२. नियमित व्यायाम, योग, हाइकिंग गरौँ | खेल खेल्ने बानी बसालौं |
३. घाममा बसौं |
४. नियमित अनुलोम / विलोम गरौँ | यसले फोक्सोको कार्यक्षमता वृद्धि गर्दछ |
५. चुरोट, सुर्ती, अल्कोहलजस्ता हानिकारक पदार्थको सेवन नगरौं |
६. बिहान / बेलुका नियमित १-१ चम्चा घ्यु खाने गरौँ |
७. लसुन, प्याज, टिमुर, जिरा, धनिया, अदुवा, बेसार, तील, मरौटि, दालचिनी, खुर्सानी, ल्वांग, सुकमेल, अलैंची, जाइफल, कागती, ज्वानोजस्ता मसला राखेको खाना खाने गरौँ |
८. भिटामिन सि पर्याप्त हुने कागती, अमला, सुन्तला, जुनारजस्ता फलको नियमित सेवन गरौँ |
९. पर्याप्त मात्रामा सुतौं |
१०. पानी, फ्रेस जुस, मही, दही, दाल, सुप, रसिला फलफुल नियमित खाएर शरीरलाई नियमित सिंचाई गरौँ |
११. मह, लसुन, बेसार, अदुवा, कुरिलो, गुर्जो नियमित सेवन गरौँ |
१२. दिल खोलेर हाँस्ने गरौँ |
१३. नियमित चिया र कफी ( दुध \ चिनी नहालेको ) सेवन गरौँ |
१४. ब्रोकाउली तथा च्याउको नियमित सेवन गरौँ |
१५ . सरसफाइमा अल्छी नगरौं |

– डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘मेरा पनि छोराछोरी छैनन्, सायद मैले समयमै बिहे नगरेर पनि होला’

-केपी शर्मा ओली । कुनै पनि देश हुनका लागि जनसङ्ख्या चाहिन्छ । जनसङ्ख्या

कोभिड महामारी र भूकम्पपछिको पुनर्निर्माणमा चिनियाँ जनमुक्ति सेनाले गरेको सहयोग अतुलनीयः प्रधानसेनापति सिग्देल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले पञ्चशीलका सिद्धान्तमा आधारित नेपाल–सम्बन्ध अतुलनीय रहेको जनाउँदै नेपाली

आगामी दिनमा पूर्वराजालाई ‘श्री ५’ नलेख्ने शर्तमा ज्ञानेन्द्रका संवाद सचिव रिहा

काठमाडौं । प्रहरीले पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा फणिराज पाठकलाई आगामी दिनमा

मुद्दा लगाइएकै कारण पार्टीले बिदा गरे स्वीकार गर्छुः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूमाथि मुद्दा लगाइएकै कारण पार्टीले