हामी ’सिन्धु नदी’ छेउबाट आएका ईण्डियन बन्ने कि नेपाली ?



भरत दाहाल।

ईण्डियन खोजकर्ता भन्छन् ’हिन्दू’ शब्द भू जातिय नाम हो
यहाँका अबुझहरु भन्छन् यो नेपालको ’सनातनी धर्म’ हो
नेपालका सनातन धर्मरसंस्कृति किराँत, वैदिक र बौद्ध हुन्

नेपालमाथिको ईण्डियन अत्याचारको सिलसिला अहिले लिम्पियाधुरा कालापानी अतिक्रमणका रुपमा उत्कर्षमा छ । देशमाथि विदेशी हमला भैरहेको समयमा मुठ्ठिभर दलालहरुले ईण्डियन अत्याचारलाई निस्तेज पार्न कोशिस गरिरहेका छन् । यसको एक मात्र कारण हो ’हिन्दू धर्म’।

यो नेपालीहरुमा ईण्डियन दासत्व लाद्ने गहिरो मनोबैज्ञानिक कारणका रुपमा रहेको छ। जसले देशको कुरा गर्छन्, उनीहरुमा साँच्चिकै देशभक्ति छ भने ऐतिहासिक रुपमा प्रमाणित तथ्यहरुलाई समात्नै पर्ने हुन्छ।

’हिन्दू’ शब्द ’सिन्धु नदी’को एउटा भौगोलिक इलाकामा बस्ने मानव समूहलाई फारसीहरुले दिएको नाम हो। यसको अर्थ हो असभ्य, वर्वर, चोर, उपद्रवी आदि । उनीहरुको बोलीमा ’स’ उच्चारण नभएकोले सिन्धुलाई हिन्दू भनेका हुन् ।

ईण्डियनहरुलाई जातीय र क्षेत्रीय समूहको पहिचानका रुपमा दिएको नामलाई अज्ञानताबस् ’धर्म’का रुपमा बोक्दा नै ईण्डियनहरुले हामीलाई ’मुस्लीमहरुबाट धर्म जोगाउन भारतबाट भागेर आएको जाति’का रुपमा झूठ इतिहास पढाउन सके।

नेपालका सनातन धर्म र संस्कृति भनेका किराँत र वैदिक हुन्।। यी दुबैले फरक फरक भाषा र शैलीमा शैव र शाक्त संस्कारलाई अबलम्बन गरेका छन् । यी दुबैमा जातिवाद र वर्णवादको अस्तित्व छैन । बौद्ध परम्परा वैदिक परम्पराको आलोचनात्मक सनातनी हाँगा हो।

जातिवाद र वर्णवादको जगमा हुर्केको वैष्णव संस्कृति (हिन्दू)को घुसपैठ भएपछि नेपाल गिजोलिन थालेको हो। राष्ट्रियताको लडाईंमा यो भ्रमलाई नतोडिकन अघि बढ्न र ईण्डियन दासत्वबाट मुक्त हुन सम्भव छैन।

हामी आफ्नो राष्ट्र निर्माणको जगका रुपमा रहेका किराँत, वैदिक र बौद्ध सभ्यताहरुलाई उपेक्षा गरेर किन ’हिन्दू’को खोल आढिरहेका छौं ? कसैले व्यक्तिगत आस्थाका रुपमा ’हिन्दू’लाई ’धर्म’ मान्छ भने त्यसमा मैले आपत्ति जनाउनु पर्ने कुरा छैन ।

तर नेपालको सभ्यता र इतिहासलाई संसारमैं नभएको ’हिन्दू धर्म’संग जोड्ने कुरामा हामी सबैले आपत्ति जनाउनु पर्छ । यो नेपाललाई सधैंभरी ईण्डियन गुलाम बनाउने सोच हो । हामी ’सिन्धु नदी’ छेउबाट आएका ईण्डियन बन्ने कि नेपाली ?

>’हिंदू’ शब्द की परिभाषा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि नागरिक उड्डयन प्राधिकरणले थाल्यो पहल

काठमाडौं।  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल थालिएको छ । उक्त विमानस्थललाई सञ्चालनार्थ

चन्द्रवीरले खनेको त्यो बाटो…

तुलसीपुर (दाङ) । श्रीमतीसँगै छोराहरु पनि दृष्टिविहीन भएपछि आवतजावत गर्नै कठिन भयो ।

नेपाली चलचित्रमा काम गर्ने मनिषाको चाहना

काठमाडौँ । अभिनेत्री मनिषा कोइरालाले नेपाली चलचित्रमा काम गर्ने चाहना रहेको बताएकी छन्

दाङमा प्लाई उद्योगमा लागेको आगो नियन्त्रणबाहिर

घोराही । दाङको घोराही उपमहानगरपालिका–९ खैरास्थित सांग्रिला प्लाई उद्योगमा आगलागी भएको छ ।