सेभ द चिल्ड्रेनद्वारा प्रदेश दुई सरकारलाई ७३ लाख बराबरको स्वास्थ्य सामग्री प्रदान



जनकपुरधाम । कोभिड महामारी नियन्त्रणको लागि सेभ द चिल्ड्रेनले प्रदेश सरकारलाई ७३ लाख ५८ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

मुख्यमन्त्री निवास मधेश भवनमा आयोजित शुक्रबार आयोजित कार्यक्रममा सेभ द चिल्ड्रेनका प्रतिनिधिहरुले मुख्यमन्त्री लालबाबु राउतको उपस्थितिमा समाजिक विकास मन्त्री नवल किशोर साहलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

कोभिड १९को सम्भावित तेस्रो लहरमा बालबालिकाहरु प्रभावित हुने अनुमान रहेको हुँदा सेभ द चिल्ड्रेनले त्यसको पूर्व तयारीका सामग्रीहरु हस्तान्तरण गरेको हो ।

हस्तान्तरित सामग्रीहरुमा अस्पताल शैया, डेडबडी व्याग, अक्सिजन कन्सन्ट्रेटर, पिपिई, फेस सिल्ड स्यानिटाइजर लगायतका सामग्रीहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौँ पूर्ण खोपयुक्त जिल्ला घोषणा

काठमाडौँ । काठमाडौँ जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको छ । जिल्ला खोप

स्वास्थ्य बीमा  कार्यक्रममा पुनरावलोकन हुन्छः प्रधानमन्त्री ओली

काठमाडौँ  । प्रधानमन्त्रकी केपी शर्मा ओलीले स्वास्थ्य बीमा क्षेत्रमा पुनःविचार गरिने बताएका छन्

शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन, निरोगी नेपाल अभियानलाई सार्थक बनाऔँः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको विस्तारित सेवा भवनको

स्वास्थ्यको समान पहुँच पुर्याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बीमा

वालिङ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ