पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट तीन हजार चार सय १३ वटा नमुना परीक्षण



काठमाडौं । झापामा थप आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बिहीबार दिउँसो झापाका आठ र रुपन्देहीका एकसहित ९ जनामा कोरोना पोजिटिभ पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ । बिहीबार बिहान मात्र १७ जनामा कोरोना पुष्टि भएको थियो ।

झापाका संक्रमित सबै आठैजना पुरुष हुन् । झापाका संक्रमितहरु सबै कचनाकवल गाउँपालिकाको लक्ष्मी देवकोटा माविको क्वारेन्टाइनमा बसेका व्यक्ति हुन् । बिहीबार चारजना टेकु अस्पतालबाट डिस्चार्ज भएका छन् ।

प्रवक्ता देवकोटाका अनुसार २३ र २५ वर्षीया महिला, ३७ र २७ वर्षीय पुरुष ९ दिन लामो उपचारपछि डिस्चार्ज भएका हुन् । त्यस्तै बिहीबार नै रुपन्देहीमा एक जना कोरोना संक्रमितको मृत्यु भएको प्रवक्ता देवकोटाले जानकारी दिए ।

नेपालमा अहिलेसम्म पीसीआर विधिबाट ३८ हजार ७ सय ३६ र आरडीटी विधिबाट ७८ हजार ६ सय ९५ जनाको नमुना परीक्षण गरिएको प्रवक्ता देवकोटाले बताए ।
पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट तीन हजार चार सय १३ र आरडीटी विधिबाट तीन हजार ६ सय २३ जनाको परीक्षण गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौँमा बढ्यो डेङ्गीको जोखिम

काठमाडौं ।  नियमित पानी परेकाले डेंगु संक्रमणको जोखिम बढेको भन्दै काठमाडौँ महानगरपालिकाले सचेत

केन्द्रीय सरकारी अस्पतालहरुमा स्वास्थ्य बीमाको प्रथम बिन्दु कायमै रहने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु नजिकै

‘साउन डेङ्गी सचेतना’ महिना घोषणा

काठमाडौँ । सरकारले ‘साउन महिना डेङ्गी सचेतना’ घोषणा गरेको छ। बुधबार आयोजित कार्यक्रममा

भरतपुर अस्पतालबाट स्वास्थ्य बीमा हटाएपछि भरतपुरवासीलाई असहज

चितवन । चितवनको भरतपुर अस्पतालमा स्वास्थ्य बीमाका दैनिक एक हजार ५०० हाराहारी बिरामी