चौधरी फाउण्डेशनद्वारा सरकारलाई एक हजार थान ‘पीसीआर रिएजेन्ट’ हस्तान्तरण



काठमाडौं । चौधरी फाउण्डेशनले सरकारलाई एक हजार थान ‘पीसीआर रिएजेन्ट’ हस्तान्तरण गरेको छ । चौधरी फाउण्डेसनले निजी क्षेत्रको तर्फबाट पहिलोचोटि सरकारलाई १ हजार थान ‘पीसीआर रिएजेन्ट’ (परीक्षण सामग्रीहरू) हस्तान्तरण गरेको हो ।

स्वास्थ्य मन्त्रालयमा आयोजित समारोहमा फाउण्डेसनले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई ती सामग्री हस्तान्तरण गरेको हो । कोरोना संक्रमित व्यक्ति पहिचान गर्न ‘पीसीआर रिएजेन्ट’ अति महत्वपूर्ण उपकरण हो ।

फाउण्डेसनले चीनबाट आयात गरेका यी सामग्री ग्रहण गर्दै स्वास्थ्यमन्त्री ढकालले विषम परिस्थितिमा निजी क्षेत्रले गरेको यस्तो सहयोग सह्रानीय भएको भन्दै फाउण्डेसनलाई धन्यवाद दिए ।

फाउण्डेशनले आगामी दिनमा पनि थप सहयोग गर्ने जनाएको छ । फाउण्डेसन अध्यक्ष विनोद चौधरीले कोरोना नियन्त्रणमा सरकारले थालेको प्रयासमा साथ दिन पाउँदा आफूहरूलाई सन्तोष मिलेको बताएका छन् । पहिलो चरण अन्तर्गत चौधरी फाउण्डेसनले सातै प्रदेशका गरी ४८ स्वास्थ्य संस्थामा पीपीई र उपचार सामग्री वितरण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्वास्थ्य बीमा कार्यक्रममा आबद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता पाउने

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रममा आबद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता पाउने भएका

सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, ७ दिनभित्र सुझाव सहितको प्रतिवेदन पेस गर्न कार्यदल गठन

काठमाडौँ । सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति भएको छ । मंगलबार साँझ स्वास्थ्य

मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा

मोरङ। मोरङलाई पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले सोमबार

चिकित्सकको आन्दोलनले देशभरका अस्पतालको सेवा प्रभावित, सर्वसाधारण मारमा

  काठमाडौँ ।उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीको निर्णयप्रति गम्भीर असहमति जनाउँदै