गौशालामा चारतारे होटल ‘बेस्ट वेस्टर्न प्लस काठमाडौं’ संचालनमा



काठमाडौं । काठमाडौंको गौशाला पिंगलास्थानमा चारतारे होटल ‘बेस्ट वेस्टर्न प्लस काठमाडौं’ औपचारिक रूपमा सञ्चालनमा आएको छ । बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले संयुक्त रूपमा होटलको उद्घाटन गरेका छन् ।
बेस्ट वेस्टर्न प्लस अमेरिकी चेन होटल ब्रान्ड हो, जुन नेपालमा पहिलो पटक भित्रिएको छ । होटलको निर्माणका लागि १ अर्ब ५० करोड रुपैयाँ लगानी गरिएको हो । होटलका अध्यक्ष रामेश्वर अर्यालका अनुसार यो परियोजनाले पर्यटन क्षेत्रलाई थप उचाइमा पुर्याउने लक्ष्य राखेको छ ।

होटलमा सुइट र डिलक्स गरी ८७ कोठा छन् । स्विमिङ पुल, रुफटप बार, रेस्टुरेन्ट, फिटनेस सेन्टर, स्पा, र एकै पटक ८ सयभन्दा बढी पाहुनालाई सेवा दिन सक्ने ब्यांक्वेट हलसहित होटललाई प्रिमियम सुविधासहित तयार पारिएको छ ।

होटलले १५० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । अर्यालका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र पशुपतिनाथ मन्दिरबाट नजिक रहेकोले होटलले छिट्टै बजारमा आफ्नो स्थान बनाउने विश्वास गरिएको छ ।
होटलले युरोप, अमेरिका, अस्ट्रेलिया जस्ता देशका पर्यटकसँगै बढी खर्च गर्ने भारतीय पर्यटकलाई मुख्य लक्ष्य बनाएको छ । विशेषगरी पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भारतीय पर्यटकलाई आकर्षित गर्न विशेष रणनीति बनाइएको छ ।

होटलको व्यवस्थापन अमेरिकाको बेस्ट वेस्टर्न होटल्स एन्ड रिसोट्र्स (बीडब्लू) ले सम्हालेको छ । बीडब्लूले हाल विश्वभर ४,७०० भन्दा बढी होटल सञ्चालन गर्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चेम्बरका निवर्तमान अध्यक्ष मल्ल विशिष्ट वाणिज्य सेवा पदकबाट सम्मानित

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका निवर्तमान अध्यक्ष राजेन्द्र मल्ललाई विशिष्ट वाणिज्य सेवा

सरकारी प्रणालीमा १९ लाख ७१ हजार किसान परिवार सूचीकृत

काठमाडौँ । कृषि सूचना तथा प्रशिक्षण केन्द्रले हालसम्म करिब ४७.७ प्रतिशत किसान सरकारी

सरकार अर्थतन्त्रका समस्या चिन्दै चिर्दै अघि बढ्ने कोसिसमा छ : अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार अर्थतन्त्रमा देखिएका समस्या चिन्दै

पश्मिना उद्योग नेपालको पहिचान होः उद्योगमन्त्री भण्डारी

  काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पश्मिना उद्योग नेपालको पहिचान