चालु आर्थिक वर्षको अन्तिम दिन नेप्सेमा दोहोरो अङ्कको वृद्धि



काठमाडौं । शेयर कारोवारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि हुँदा बजार पूँजीकरण रु ४० खर्ब १० अर्ब ९५ करोड ७८ लाख १० हजार बराबर पुगेको छ । विगत केही दिनदेखि झिनो अङ्कले मात्रै उकालो लागेको नेप्से बिहिबार भने ११.३३ अङ्कले वृद्धि भई दुई हजार ८८३.२८ मा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापक सेन्सेटिभ परिसूचक १.९३ बिन्दुले उकालो लागेर ५४१.३१ मा पुगेको छ ।

कूल २२३ कम्पनीको पाँच करोड ८५ लाख दुई हजार १०९ कित्ता शेयर आठ अर्ब १४ करोड ३६ लाख १४ हजार ३०२ मा कारोवार भएको छ । चालु आर्थिक वर्षको आज अन्तिम दिन बजारले सकारात्मक संकेत गर्दै विदा भएको छ ।

नेप्सेका अनुसार बिहिबार जलविद्युत् उपसमूहको शेयर उकालो लागेको छ । सो उपसमूहको शेयर ५६.१४ बिन्दुले बढेको छ । कूल १३ उपसमूहमध्ये सात उपसमूहको शेयर उकालो लागेको छ भने छ उपसमूहको शेयर भने ओरालो लागेको छ ।

बैंकिङ ६.३, व्यापार २८.७१, जलविद्युत् ५६.१४, वित्त ४७.८९, निर्जीवन बीमा ३६.२६, लघुवित्त ४५.७१ र सामूहिक लगानी कोष ०.०७ बिन्दुले बढेको छ । यस्तै, होटल तथा पर्यटन ५०.३८, विकास बैंक १३.६६, उत्पादन ५.८७, अन्य ७.८१, जीवन बीमा ४३.११ र लगानी ०.०१ बिन्दुले ओरालो लागेको छ ।

कारोवारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा छ । सो कम्पनीको ३६ करोड ७० लाख २३ हजार ५७४ बराबरको कारोवार भयो । एनआइसी एशिया बैंक ३३ करोड ११ लाख ४४ हजार ९४०, मेरो माइक्रोफाइनान्स २३ करोड ४६ लाख ४४ हजार ९४०, मञ्जुश्री फाइनान्स २३ करोड ४३ लाख ३८ हजार ४२५ र नेपाल लाइफ इन्स्योरेन्स २० करोड दुई लाख ९१ हजार ८९६ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

यस्तै, ङादी ग्रुप अफ पावर ९.४०, रैराङ हाइड्रोपावर ८.९१, गणपति माइक्रोफाइनान्स ७.८८, मञ्जुश्री फाइनान्स ७.८३ र एनआइबिएल समृद्धि फण्डका लगानीकर्ताले ७.७८ प्रतिशतले कमाए । त्यस्तै, कृषि विकास बैंकको ऋणपत्र ३.९०, सिभिल लघुवित्त २.८६, लक्ष्मी इक्विटी फण्ड २.८२, ओरियण्टल होटल २.३९ र सोल्टी होटलका लगानीकर्ताले २.२४ प्रतिशतले गुमाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विद्युत् उत्पादन वृद्धि गर्दा खरिदको सुनिश्चितता महत्त्वपूर्ण हुन्छ : अर्थमन्त्री पौडेल

काठमाडौं। उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले मुलुकमा जलविद्युत्को उत्पादन वृद्धि गरी आर्थिक समृद्धि

बाढीले २६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले रसुवामा हालै आएको बाढीका कारण

ठमेलमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना

  काठमाडौँ । काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना गरिएको

विदेश जानेले तीन हजार डलरसम्म साट्न पाउने

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमार्फत विदेशी