बीमा समूहमा उछाल आउँदा नेप्सेमा हरियाली



काठमाडौं । बीमा उपसमूहको शेयरमा उभार आउँदा धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आइतबार उच्च अङ्कले वृद्धि भएको छ । जीवन बीमा र निर्जीवन बीमा उपसमूह दुवैको शेयर मूल्यमा उच्च अङ्कको वृद्धि भएको छ ।

जीवन बीमा ४८७.२ र निर्जीवन बीमा ३७८.५३ अङ्कले बढेको छ । यस्तै, विकास बैंक उपसमूह ३५७.५ अङ्कको वृद्धि भएको छ । यी उपसमूहको त्लनामा अरु उपसमूहको शेयरमा उल्लेख्य वृद्धि नभए पनि नेप्से बढाउन सहयोगी देखिएका छन् । नेप्सेका अनुसार वित्त १८१.२६, ले बढ्दा बैंकिङ ४५.१३, व्यापार ३४.८३, जलविद्युत् ७८.५५, उत्पादन ९६.४, अन्य ९.०१, लघुवित्त १३३.५, सामूहिक लगानी कोष ०.१४ र लगानी २.८२ अङ्कले बढेको छ ।

लगातार ओरालो लागेको नेप्से आइतबार भने हरियो देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार ७४.७१ बिन्दुले बढेर नेप्से दुई हजार ८९९.८२ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापक सेन्सेटिभ परिसूचक १३.१७ अङ्कले बढेर ५४३.४३ मा पुगेको छ ।

कूल २२५ कम्पनीको तीन करोड १५ लाख ८८ हजार ८५० कित्ता शेयर रु आठ अर्ब छ करोड १३ लाख ८२ हजार ४९६ बराबरको कारोवार भएको छ । आइतबारको कारोवारपछि बजार पूँजीकरण ४० खर्ब ३३ अर्ब ७९ करोड ३१ लाख ५० हजार बराबर पुगेको छ ।

कारोवारका आधारमा एनआइसि एशिया बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको ३९ करोड ९६ लाख ११ हहजार ५९५ बराबरको कारोवार भयो । यस्तै, नबिल बैंक २५ करोड ८१ लाख ८२ हजार १४०, नेपाल बैंक २४ करोड ४३ लाख ८४ हजार ६००, नेपाल पूर्वाधार बैंक १८ करोड ७८ लाख ४५ हजार ६४२ र मञ्जुश्री फाइनान्स १७ करोड ६७ लाख ५१ हजार १२५ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

गुर्खाज फाइनान्स श्री इन्भेष्टमेन्ट फाइनान्स, आइसिएफसी कम्पनीको शेयरमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लाग्यो । साइन रेसुङा ९.९८, मल्टीप्रर्पोज फाइनान्स ९.९७, समृद्धि फाइनान्स ९.९५, महालक्षमी विकास बैंक ९.९३ र सांग्रिला डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.९२ प्रतिशतले कमाए ।

त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक ३.७५, ओरियन्टल होटल २.७०, एनबिबिएल डिवेञ्चर १.८५, लक्ष्मी विकास बैंकको ऋणपत्र १.२३ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम दोस्रोका लगानीकर्ताले १.०८ प्रतिशतले गुमाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लेखा र अर्थ समितिको दुईथरी निर्देशनले सेबोन अन्यौलमा

काठमाडौं । नेकपा माओवादी केन्द्रले नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिन हतार नगर्न सुझाव

शेयर बजारमा २५ अंकको वृद्धि

काठमाडौं । साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार नेप्से दोहोरो अंकले

कृषिमा पकेट क्षेत्र तोकिएसँगै तिलोत्तमाका कृषक लाभान्वित

तिलोत्तमा (रुपन्देही) । रुपन्देहीको तिलोत्तमा–१४ का कृषक नरिश्वर सापकोटा पहिले करिब पाँच बिघामा

बाँझिएका बारीहरुमा उखुखेती लगाउँदा…

गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिका –४ दिगामका कृषकले व्यावसायिक उखुखेती गरेर राम्रो आम्दानी