१४ अर्बको हकप्रद शेयर बिक्रीका लागि सेवोनको अनुमति



काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन)ले चालु आर्थिक वर्षमा कूल रु १४ अर्ब चार करोड ९७ लाख सात हजार २५ बराबरको हकप्रद शेयर बिक्रीका लागि अनुमति दिएको छ ।

बोर्डको विवरणअनुसार चालु आर्थिक वर्षमा विभिन्न सात कम्पनीले हकप्रदख शेयर बिक्रीका लागि अनुमति पाएका छन् । त्यसमा सबैभन्दा ठूलो परिमाणको हकप्रद शेयर भने हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको रहेको छ ।

नेपालको जलविद्युत् क्षेत्रको विकासका लागि स्थापना भएको सो कम्पनीले दर्जनभन्दा बढी आयोजनामा यसअघि नै लगानी गरिसकेको छ । कम्पनीको चुक्ता पूँजी २२ अर्ब पुर्याउने लक्ष्यका साथ एचआडिसिएलले हकप्रद शेयर बिक्री गर्न लागेको हो ।

बोर्डले कम्पनीलाई  ११ अर्ब बराबरको हकप्रद शेयर बिक्रीको अनुमति दिएको छ । हाल ११ अर्ब बराबरको चुक्ता पूँजी भएको कम्पनीले हकप्रद शेयर बिक्री गरेपछि कूल पूँजी २२ अर्ब बराबर पुग्नेछ ।

कम्पनीले ७६२ मेगावाट क्षमताको तमोर जलाशयुक्त आयोजना र रोल्पामा आयोजनास्थल रहेको माडीखोला जलाशयुक्त आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारी गरिरहेको छ ।

कम्पनीको शेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । बोर्डले यही असार ९ गते हकप्रद शेयर बिक्रीको अनुमति दिएको हो ।

यस्तै बोर्डले समृद्धि फाइनान्स कम्पनीलाई ३६ करोड ३९ लाख ६० हजार ६०० रुपैयाँ बराबरको हकप्रद शेयर बिक्रीको अनुमति दिएको छ । नागरिक लगानी कोषले समेत चालु आवमा नै हकप्रद शेयर बिक्रीको अनुमति पाएको हो । कोषले १६ करोड ९७ लाख ५० हजार ६२५ बराबरको हकप्रद शेयर बिक्रीको अनुमति पाएको हो ।

यसैगरी, नारायणी डेभलपमेन्ट बैंकले एक अर्ब ३५ करोड ९२ लाख ५९ हजार २००, अरुण भ्याली हाइड्रोपावर कम्पनीले ५२ करोड ४१ लाख १९ हजार ७०० र अपि पावर कम्पनीले ५६ करोड ७० लाख बराबरको हकप्रद शेयर बिक्रीको अनुमति पाएको हो ।

यस्तै बोर्डले चालु आवमा मात्रै २३ वटा बैंक तथा वित्तीय संस्थालाई २३ अर्ब चार करोड बराबरको ऋणपत्र बिक्रीका लागि अनुमति दिएको छ ।

बोर्डले पछिल्लो पटक मैलुङ खोला जलविद्युत् आयोजनालाई साधारण शेयर बिक्रीका लागि अनुमति दिएपछि चालु आवमा मात्रै कूल १९ कम्पनी पुगेका छन् । मैलुङ खोलाले सात करोड ३६ लाख २८ हजार बराबरको साधारण शेयर बिक्री गर्नेछ । बोर्डले कूल १४ अर्ब ४१ करोड ५९ लाख ५३ हजार ७०० रुपैयाँ बराबरको साधारण शेयर बिक्रीका लागि अनुमति प्रदान गरेको छ ।

शुक्रबार आयोजित एक छलफल कार्यक्रममा बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले नेपालको धितोपत्रको विकास र विस्तारमा अत्यावश्यक रुपमा गरिने सबै कामलाई सहजीकरण गर्न बोर्ड प्रतिबद्ध रहेको बताएका छन् । यस आधारमा पनि आगामी दिन धितोपत्र बजारको विकास र विस्तारका लागि झनै सुगम बन्ने विश्वास गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटाएको छ ।

बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजनाबाट ९० मेगावाट विद्युत सञ्चालनमा, १११ मेगावाटको रसुवागढी संचालनका लागि समय लाग्ने

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट

शेयर बजारमा उच्च अंकको वृद्धि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ४६ अङ्कले बढेर दुई

बीमा प्राधिकरणको अध्यक्षमा पोखरेल

काठमाडौं । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको अध्यक्षको शपथ लिएका