बैंक तथा वित्तीय संस्थाका श्रमिकले उठाएका माग सम्बोधन गर्न ट्रेड युनियन कांग्रेसको आग्रह



काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसले बैंक तथा वित्तीय संस्थाका श्रमिकले उठाएका माग सम्बोधन गर्न आग्रह गरेको छ । ट्रेड युनियन कांग्रेसका महासचिव योगेन्द्रबहादुर कुँवरले विज्ञप्ति जारी गरी सामाजिक सुरक्षा कोषले सम्पूर्ण प्रतिष्ठानलाई २०७८ असार मसान्तसम्म अनिवार्य रुपमा कोषमा आबद्ध हुन आग्रह गरेको अवस्थामा आफ्ना मागको सम्बोधन नभएको भन्दै बैंक तथा वित्तीय संस्थाका श्रमिकले उठाएका माग सम्बोधन गर्न आग्रह गरेका हुन् ।

ट्रेड युनियन कांग्रेसले बैंक, बीमा तथा वित्तीय संस्थाका कर्मचारीले उठाएका खाईपाई आएका सुविधा कटौती नहुने एवम् सामूहिक सौदाबाजी अधिकारको सुनिश्चितता, अवकाश रकममा आयकर नलाग्ने व्यवस्था, योगदानका आधारमा उच्चतम प्रतिफलको व्यवस्था, अवकाश तथा निवृत्तिभरण योजनामा देखिएको विभेद हटाउने लगायतका कतिपय विषय र ऐनले नउठाएको बताएको छ ।

महासचिव कुँवरले विज्ञप्तिमार्फत बाझिएका कानून र सुविधालाई व्यवस्थापन गर्ने विषयमा तत्काल पहल गर्न जरुरी देखिएकाले संरचनागत छलफल अघि बढाएर २०७८ असार मसान्तको समय सीमालाई समस्याको निक्र्यौल नहुँदासम्म कोषमा आबद्धताका लागि दैनिक ज्यालादारी एवम् अनौपचारिक क्षेत्रका श्रमिकलाई समय सीमा थप गर्न सम्बन्धित निकायसमक्ष माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लेखा र अर्थ समितिको दुईथरी निर्देशनले सेबोन अन्यौलमा

काठमाडौं । नेकपा माओवादी केन्द्रले नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिन हतार नगर्न सुझाव

शेयर बजारमा २५ अंकको वृद्धि

काठमाडौं । साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार नेप्से दोहोरो अंकले

कृषिमा पकेट क्षेत्र तोकिएसँगै तिलोत्तमाका कृषक लाभान्वित

तिलोत्तमा (रुपन्देही) । रुपन्देहीको तिलोत्तमा–१४ का कृषक नरिश्वर सापकोटा पहिले करिब पाँच बिघामा

बाँझिएका बारीहरुमा उखुखेती लगाउँदा…

गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिका –४ दिगामका कृषकले व्यावसायिक उखुखेती गरेर राम्रो आम्दानी