अनलाइनबाटै निःशुल्क डिम्याट तथा मेरो सेयर खाता खोल्न सकिने



काठमाण्डौ । कोभिड १९ को संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको अवस्थामा डिम्याट खाता खोल्नका लागि कम्पनीमा धाउनुपर्ने बाध्याताबाट मुक्त हुन नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले सेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताको स्वास्थ्यको ख्याल गरी चालु आर्थिक वर्षको असार मसान्तसम्मका लागिमात्र निःशुल्क अनलाइन डिम्याट तथा मेरो सेयर खाता खोल्ने सुविधा सञ्चालनमा ल्याएको छ।

प्राथमिक सेयरको आवेदन भर्नका लागि डिम्याट खाता अनिवार्य रुपमा आवश्यकता पर्ने भएकोले प्राथमिक निष्कासनमा लगानी गर्न चाहने लगानीकर्ताका लागि यो सेवा निकै नै फलदायी हुने नबिल इन्भेस्टमेन्टको अपेक्षा छ। सेवाग्राहीले सहज, छिटो तथा छरितो तरिकाले डिम्याट खाता खोल्न सकुन भन्ने उद्देश्यले कम्पनीले अनलाइनबाट नै डिम्याट खाता खोल्ने व्यवस्था मिलाएको छ। जसका लागि खाता खोल्न चाहनेहरुले नबिल इन्भेस्टमेन्टको वेबसाइट www.nabilinvest.com.np मा गई अनलाइन डिम्याटभित्र onlinedemat.nabilinvest.com.np मा क्लिक गरी खाता खोल्न सकिने व्यवस्था मिलाइएको छ।

ग्राहकको सम्पूर्ण जानकारी रेफरेन्स नम्बरबाट खोज्न सकिने भएकोले यसरी खाता खोलेपछि प्राप्त हुने रेफरेन्स नम्बर खातावालाले सुरक्षित राख्नुपर्नेछ। यसरी आफूले अनलाइनबाट डिम्याट खाताका लागि अनुरोध गरेको केही समयभित्र ग्राहकलाई खाता नम्बर उपलब्ध गराइने कम्पनीले जनाएको छ। यसरी प्राप्त हुने निःशुल्क डिम्याट सेवा केवल अनलाइनबाट खाता खोल्नेहरुका लागिमात्र लागू हुनेछ।

लगानीकर्ता र उद्यमीहरुको हितलाई ध्यानमा राखी राष्ट्रकै अग्रगामी तथा प्रगतिशिल इन्भेस्टमेन्ट बैंकिङ  सुविधाहरु नबिल इन्भेस्टले पछिल्ला दिनहरुमा सञ्चालनमा ल्याउँदै आएको छ। जसमा लगानी तथा प्राइभेट इक्विटी परामर्श, विजनेश क्लिनिक, सम्भाव्यता अध्ययन, उद्यमी र लगानीकर्तालाई जोड्ने र सहज र छिटो बैंक कर्जा उपलब्ध गराउने उपायसहित बुक बिल्डिङ प्रविधिबाट निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्ने तथा सेयर रजिस्ट्रार सेवासहित एकै छानामुनि सबै आर्थिक तथा वित्तीय समाधानहरु पर्दछन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शेयर बजारमा २५ अंकको वृद्धि

काठमाडौं । साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार नेप्से दोहोरो अंकले

कृषिमा पकेट क्षेत्र तोकिएसँगै तिलोत्तमाका कृषक लाभान्वित

तिलोत्तमा (रुपन्देही) । रुपन्देहीको तिलोत्तमा–१४ का कृषक नरिश्वर सापकोटा पहिले करिब पाँच बिघामा

बाँझिएका बारीहरुमा उखुखेती लगाउँदा…

गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिका –४ दिगामका कृषकले व्यावसायिक उखुखेती गरेर राम्रो आम्दानी

रसुवामा बाढीले क्षतिग्रस्त संरचना निर्माण गरी विद्युत् उत्पादन र प्रसारणको व्यवस्था मिलाउन इप्पानको आग्रह

काठमाडौं  । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले गत मङ्गलबार बिहान चीनको