बुद्ध एयरले थाल्यो उडानको तयारी



काठमाडौं । सुरक्षित उडानका लागि एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना संक्रमण नफैलने गरी निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले आन्तरिक उडान सुरु गर्ने तयारी थालेको छ । बुद्ध एयरले बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पोखरा र बिराटनगरका लागि कोरोना संक्रमण नफैलने गरी तयार गरिएको कार्ययोजना अनुसार डमी उडान गरिएको थियो ।

डमी उडानका लागि यात्रुलाई आन्तरिकको प्रस्थान बिन्दुबाट, बोडिङ कक्ष देखि सुरक्षित रुपमा बिमानसम्म पुराइएको थियो । त्यस्तै सुरक्षित रुपमा बिमानसम्म यात्रु पुराइएको थियो भने बिमानभित्र वस्दा कोरोना संक्रमणबाट बच्न आवश्यक सुरक्षा कवच प्रदान गरिएको थियो । बुद्ध एयरले अबको ४० दिनपछि हुने आन्तरिक उडानमा यात्रा गर्ने एक यात्रुबाट अर्को यात्रुमा संक्रमण नफैल्ने गरी उडान गर्ने बुद्धका प्रबन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतले बताए ।

बुद्ध एयरले एक घन्टामा ४ वटा उडान गर्नेगरी तयारी गरेको छ । साथै बुद्ध एयरले प्रत्येक उडानपछि जहाज डिसइन्फेक्सन समेत गर्ने भएको छ । सरकारले प्रतिबन्ध लगाएको आन्तरिक उडान सुचारु गर्ने निर्णय गरेसँगै आन्तरिक उडानलाई सुरक्षित तवरबाट सञ्चालन गर्न लागेको एयरका प्रबन्ध निर्देशक बस्नेतले जानकारी दिए ।

बुद्ध एयरले विमानस्थलमा उडानका लागि आउने यात्रुका लागि कम्पनीले तयार पारेको कोभिड–१९ को सुरक्षा निर्देशिका र नेपाल नागरिक उड्डयन प्राधिकरणले जारी गरेको सुरक्षा मापदण्ड पनि पूर्ण रुपमा पालना गर्ने पनि जनाएको छ । बुद्धले अप्रेशनका लागि सवै कर्मचारीलाई पनि काममा बोलाइसकेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निगमले घटायो इन्धनको मूल्य

काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले बिहीबार

प्राथमिकताका आधारमा बजेट विनियोजन गरिनुपर्छ : पूर्वअर्थमन्त्री महत

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्राथमिकताको

शेयर बजारमा आठ अंकको गिरावट

काठमाडौं । बिहीबार पनि शेयर बजार नेप्से घटेको छ । बिहीबार नेप्से ८

कांग्रेस-एमालेलाई हरि ढकालको सुझावः एउटा विचौलिया ह्याण्डल गर्ने र अर्को नोटमा सिग्नेचर गर्ने गभर्नर नियुक्त गर्नुस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा