एडीबीले सार्वजनिक स्वास्थ्य प्रणाली थप सुदृढ पार्न २५ करोड डलर दिने



काठमाडौँ । एसियाली विकास बैंकले नेपालको सार्वजनिक स्वास्थ्य प्रणाली थप सुदृढ गर्न र कोरोनाका कारण गरिब वर्गमा पर्ने प्रतिकूल आर्थिक तथा सामाजिक प्रभावलाई न्यून गर्न झण्डै ३० अर्ब २५ करोड (२५ करोड अमेरिकी डलर) सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ बैंकले जारी गरेको विज्ञप्तिअनुसार उक्त परिमाणको सहुलियतपूर्ण ऋणले कोरोनाविरुद्ध लड्न थप सहयोग पुग्ने विश्वास गरिएको छ ।

यस सहुलियतपूर्ण ऋणबाट कोरोनाको महामारीसँग जुध्ने उपायलाई निरन्तरता दिन, गरिब र कमजोर वर्गका लागि सामाजिक संरक्षणका कार्यक्रम विस्तार गर्दै तीव्र आर्थिक सुधारको चरणलाई तय गर्न सहयोग पुग्ने बैंकका अध्यक्ष मात्सुगु असकावाले जानकारी दिए ।

कोरोनाका कारणले हाल सार्वजनिक स्वास्थ्यमा समस्या देखिएको र नेपालको समग्र सामाजिक र आर्थिक विकासमा उल्लेखनीय असर पार्ने आशङ्का गर्दै उहाँले समन्वयपूर्ण तरिकाले बैंकले सरकार र अन्य विकास साझेदारसँग मिलेर काम गर्नेसमेत उल्लेख गरे । बैंकले उक्त सहयोग ‘एक्टिभ रेसपोन्स एण्ड एक्पेन्डिचर सपोर्ट’ (केरेस) कार्यक्रम अन्तर्गत प्रदान गर्न लागेको हो ।

उक्त रकमबाट सातै प्रदेशमा महिला र पुरुषका लागि छुट्टै वार्ड भएका कम्तीमा दुई लाख मानिसका लागि क्वारेन्टिन सुविधा प्रदान गर्न र प्रतिदिन कम्तिमा तीन हजार परीक्षणका लागि सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

यसैगरी कोरोनाको विपद्बाट अतिप्रभावित लघु साना र मझौला उद्योगमा अनुदानपूर्ण ऋण दिइने र त्यसमा कम्तिमा ३० प्रतिशत महिलाको नेतृत्वमा रहेका र कम्तिमा आधा पिछडिएको समुदायबाट आबद्धता भएको हुनुपर्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटाएको छ ।

बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजनाबाट ९० मेगावाट विद्युत सञ्चालनमा, १११ मेगावाटको रसुवागढी संचालनका लागि समय लाग्ने

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट

शेयर बजारमा उच्च अंकको वृद्धि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ४६ अङ्कले बढेर दुई

बीमा प्राधिकरणको अध्यक्षमा पोखरेल

काठमाडौं । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको अध्यक्षको शपथ लिएका