सुर्य ईन्टरनेशनल अवार्ड २०१९, पपुलर हिरो ’क्याप्टेन’ बाट अनमोल



काठमाडौं । जापानको टोकियोमा सुर्य ईन्टरनेशनल अवार्ड २०१९ सम्पन्न भएको छ । यो दोस्रो पटक आयोजना गरिएको सुर्य ईन्टरनेशनल अवार्ड २०१९ हो । अवार्डमा फिल्म ’क्याप्टेन’ बाट अनमोल केसी र फिल्म ’कायरा’बाट साम्राज्ञी राज्यलक्ष्मी शाहले पपुलर हिरो र हिरोईनको अवार्ड पाएका छन् ।
निर्देशक तथा कलाकार दीपाश्री निरौलाले फिल्म ’छक्का पञ्जा ३’बाट पपुलर निर्देशकको अवार्ड जितेकी छिन् । त्यसैगरि ’गोपी’बाट अभिनेत्री वर्षा राउतले पपुलर सह अभिनेर्त्रीको अवार्ड पाइन् ।
क्रिटिक्स अवार्डमा फिल्म ’प्रसाद’ परेको छ भने फिल्म प्रसादबाटै अभिनेता बिपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठले पनि अवार्ड पाएका छन्।

उत्कृष्ट निर्देशकतर्फ ’गोपी’बाट निर्देशक दिपेन्द्र लामाले अवार्ड पाएका छन्। लामो समयसम्म फिल्म क्षेत्रमा योगदान दिएका निर्देशक तथा वरिष्ठ कलाकार नीर विक्रम शाहलाई लाइफटाईम एचिभमेन्ट अवार्डबाट सम्मान गरिएको छ ।

पप गायकमा ’कर्के नजर’बाट सञ्जिव पराजुली र ’कर्के नजर’बाटै टिका प्रसाई पप गायिको अवार्ड पाए। यस्तै आधुनिक गायक तर्फ ’मोहनी’बाट राजेश पायल राई र गीत ’पिरिम नलाउने’बाट मेलिना राईले अवार्ड पाउन सफल भएकी छन्।

यस्तै मह जोडीलाई पनि सुर्य रत्न सम्मानबाट सम्मानित गरिएको छ। यता क्याप्टेन तथा कलाकार विजय लामालाई सुर्य कलाकारिता सम्मान २०१९ प्रदान गरिएको छ।

फिल्म पत्रकारिता पुरस्कारबाट निर्देशक तथा पत्रकार लक्ष्मण सुवेदीलाई नगद २५ हजार जापानिज रुपैयाँसहित पुरस्कृत गरिएको छ । ५ दर्जन भन्दा बढि कलाकार उपस्थित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निटफेस्टमा १२ देशका १७ नाटक मञ्चन हुने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) तेस्रो संस्करणमा १२ देशका १७ नाटक

‘मैले व्यक्त गर्न चाहेको समाजको परिवेशलाई चलचित्रमा देखाउन सकेको छैन’

काठमाडौं । चलचित्रकर्मीहरूले निर्धक्कसँग सिर्जना गर्न पाउनुपर्नेमा जोड दिएका छन् । शुक्रबार मण्डला

दीपकराज कालीराजको ‘परदेशी’

काठमाडौँ । गायक दीपकराज कालीराजको नयाँ गीत ‘परदेशी’ सार्वजनिक भएको छ । घरपरिवार

नियमितभन्दा फरक चलचित्र ‘आउट लः दफा २१९’

काठमाडौँ । नेपालमा केही वर्षयता सामाजिक विषयवस्तुसँग जोडिएका चलचित्र बढी निर्माण भइरहेका छन्