राष्ट्रपति पौडेलद्वारा हनुमानढोकामा १२ वर्षे देवीनाच अवलोकन


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्री श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आयोजित कार्यक्रममा सरिक भई देवीनाच अवलोकन गरेका छन् ।

राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित नासल चोक डबली हनुमानढोकामा शनिबार आयोजित कार्यक्रममा सरिक भएर देवीनाच अवलोकन गरेका हुन् । सो अवसरमा उनले त्यहाँ पूजाअर्चना गर्नुका साथै पुजारीबाट टीकाप्रसाद ग्रहण गरेका थिए ।