काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) का क्षेत्रीय निर्देशक सञ्जय विजेसेकेराले शिष्टाचार भेट गरेका छन् ।
परराष्ट्र मन्त्रालयमा बिहीबार भएको भेटवार्ताका अवसरमा उनीहरूबीच नेपाल र युनिसेफबीचको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो।
सो अवसरमा विशेषगरी भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा युनिसेफको सहयोग र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा कुराकानी भएको थियो।

प्रतिक्रिया