युवाले चलाए ‘हुनेले दिने, नहुनेले लिने’ अभियान



पाँचथर । बन्दाबन्दी र निषेधाज्ञाका कारण खाद्यान्नको जोहो गर्न नसक्ने परिवारलाई सहयोग गर्न फिदिममा युवाले ‘हुनेले दिने, नहुनेले लिने’ अभियान चलाएका छन् ।

कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि जारी गरिएको निषेधाज्ञाका समयमा आफैँले खाद्यान्नको जोहो गर्न नसक्ने र समस्यामा परेका परिवारलाई खाद्यान्न उपलब्ध गराउन युवाहरुले यो अभियान चलाएका हुन् ।

अभियानमा संलग्न युवाहरु स्वंयले रकम सङ्कलन गरी अभियान थालेका थिए । यस क्रममा अभियन्ताहरु स्वयंबाट ४० हजार, नेपालभित्रैबाट ४२ हजार ९६८ रुपैयाँ, विदेशमा रहेका नेपालीहरुबाट २४ हजार ४२६ र १३ हजार ६९० रुपैयाँ बराबरको खाद्यान्न गरी एक लाख २१ हजार ८४ रुपैयाँ प्राप्त भएको अभियन्ताले जनाएका छन् ।

अभियन्ताले अभियानको तस्वीर खिचेर सार्वजनिक नगर्ने, सामाजिक सञ्जालमा नहाल्ने, सहयोग लिनेको विवरण सार्वजनिक नगर्ने प्रतिवद्धता व्यक्त गर्दै समस्या पर्ने परिवारहरुलाई सम्पर्क गर्न आग्रह गरेका छन् ।

उनीहरुले सामाजिक सञ्जालमा सम्पर्क नम्बरहरु समेत उपलब्ध गराएका छन् । सहयोग अभियानअन्तर्गत हिजो फिदिम नगरपालिका वडा नं. १, २ र ४ का २२ परिवारका ५४ जनालाई सहयोग गरिएको अभियन्ता उपेन सापकोटाले जानकारी दिए ।

अभियानमा प्रतिव्यक्ति पाँच किलो चामलसहित दैनिक आवश्यक खाद्यान्नका सामग्रीहरु परिवार सङ्ख्याका आधारमा वितरण गरिने सापकोटाले जानकारी दिए । फिदिमका विभिन्न पेशामा आवद्ध युवाहरु यो अभियानमा जोडिएका छन् । अभियानमा रकम सङ्कलन गर्दै जाने र सहयोग पनि उपलब्ध गराउँदै जाने उनीहरुको योजना छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रहरी नायब निरीक्षकको जागिर छोडेर गाउँमै दुग्ध व्यवसाय सुरु गरेका वियश राई

सोलुखुम्बु । ‘सीप र जाँगर भए कसैसँग हात फिँजाउन पर्दैन’ नेपाली यस भनाइलाई

हाम्रा मनोवैज्ञानिक समस्या

डा. युवराज संग्रौला । हाम्रा केही मनोवैज्ञानिक समस्या छन् । खासगरि अहिले ‘व्यापक

हिन्दूकट्टरताको बहस

डा. गोविन्दशरण उपाध्याय । भारतमा हिन्दूवादी सरकार, त्यसको दोश्रो कार्यकालमा अयोध्यामा राममन्दिरको उद्घाटन

अर्काको देशमा गएर मर्न तयार हुने तर आफ्नो देशमा कुनै काम गर्न नचाहने सोच अन्त्य हुनुपर्छ

काठमाडौँ । संसद्को कानुन निर्माण प्रक्रियामा प्रमुख राजनीतिक दलका शीर्ष नेतृत्वले सहमति र