निर्वाचन स्थगित गरिएकोमा नेपाल निजामती कर्मचारी युनियनको आपत्ति



काठमाडौं । विनाकारण आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गरेको भन्दै नेपाल निजामती कर्मचारी युनियन (संघ) ले आपत्ति जनाएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन  गरी संघले अविलम्ब निर्वाचन गर्नपनि माग गरेको छ ।

पत्रकार सम्मेलनमा संघका अध्यक्ष गोपालप्रसाद पोखरेलले निर्वाचन कार्यालयहरु तोकिएर निर्वाचन प्रक्रिया अघि बढाईएको अवस्थामा सरकारले सरोकारवालाहरुसँग परामर्श, छलफल र समन्वय नै नगरी एक्कासी निर्वाचन स्थगित् गरेको आरोप लगाए ।

उनले निर्वाचन स्थगित गरिएकोमा आफूहरुको घोर आपत्ति रहेको पनि बताए । पोखरेलले आधिकारिक ट्रेड युनियनको चुनाव स्थगित हुनु ठूलो कुरा नभएपनि यसरी चुनाव स्थगित हुँदै जाँदा भोलि स्थानीय तह, प्रदेश र संघीय संसदको निर्वाचन पनि समयमै होला त ? भन्ने प्रश्न उब्जेको बताए ।
कार्यक्रममा आधिकारिक ट्रेड युनियनका महासचिव सुवोध कुमार देवकोटाले चाँडोभन्दा चाँडो निर्वाचन सुनिश्चित गरिनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हामीले आफूलाई चौकीदारको भन्दा माथिल्लो हैसियत नै देखेनौं

डा. युवराज संगौला । २०४२ साल । भारतको पटना विश्वविद्यालयको कानुन संकायमा हामी

प्रहरी नायब निरीक्षकको जागिर छोडेर गाउँमै दुग्ध व्यवसाय सुरु गरेका वियश राई

सोलुखुम्बु । ‘सीप र जाँगर भए कसैसँग हात फिँजाउन पर्दैन’ नेपाली यस भनाइलाई

हाम्रा मनोवैज्ञानिक समस्या

डा. युवराज संग्रौला । हाम्रा केही मनोवैज्ञानिक समस्या छन् । खासगरि अहिले ‘व्यापक

हिन्दूकट्टरताको बहस

डा. गोविन्दशरण उपाध्याय । भारतमा हिन्दूवादी सरकार, त्यसको दोश्रो कार्यकालमा अयोध्यामा राममन्दिरको उद्घाटन