राजनीति विकृत र विसंगतिपूर्ण हुनुमा उदार तथा दलाल पूँजीवाद हावी हुनु मुख्य कारणः महरा



दाङ । पूर्वसभामुख कृष्णबहादुर महराले उदार तथा दलाल नोकरशाही पूँजीवादले देशको राजनीति तथा मूल्यमान्यता नै विकृत बनाएको बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र दाङ पुगेका महराले देशको राजनीति विकृत र विसंगतिपूर्ण हुनुमा उदार तथा दलाल पूँजीवादको हावी हुनु मुख्य कारण भएको बताएका हुन् ।
नेपाल पत्रकार महासंघ र प्रेस संगठन दाङले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वसभामुख महराले विगतमा आफूहरुले नयाँ नेपाल शब्द पटक पटक उच्चारण गरेको अहिलेको जस्तो संस्कृति, मूल्यमान्यताका लागि नभएको बताए ।

‘विगतमा हामीले जुन त्याग, बलिदान र समर्पणका साथ लडेर नयाँ नेपालको स्थापना गर्ने भनेको थियौं, त्यो अहिलेको जस्तो भनेको होइन, अहिले त अर्कै पो हुन थाल्यो’, महराले भने, ‘उदार पूँजीवाद, दलाल तथा नोकरशाही पूँजीवाद हावी हुँदैछ। त्यसले विकृत संस्कृति, मूल्यमान्यताको स्थापना गर्दैछ। अहिलेको राजनीतिक विकृति त्यसकै परिणाम हो। अन्तर्राष्ट्रिय मिसन नै हो, यो नेपालको मिसन मात्रै होइन।’

सहिद कृष्ण सेन इच्छुकको स्मृतिमा स्थापना गरिएका पुरस्कारबाट पत्रकारहरुलाई सम्मान गर्दै महराले सेन कमरेड मात्रै नभएर नजिकको मित्र पनि भएको बताए।

कृष्ण सेनसँग आफ्नो विशिष्ट सम्बन्ध रहेको चर्चा गर्दै महराले भने, ‘उहाँसँग लामो समय एक आपसमा आदानप्रदान गरिएका दुई सय बढी पत्रहरु थिए, जनयुद्धका बेला सबै सरकारी फौजले नष्ट गरिदियो। ती चिट्ठीहरु भइदिएको भए राम्रो कृति नै बन्थ्यो। तिनले मलाई क्रान्तिप्रति प्रतिबद्ध हुन सधैं प्रेरित गरिरहे।’

सेनको नाममा राखिएको सडकलाई अरु कुनै नाम राख्न खोजिएको घटनाप्रति इंगित गर्दै महराले सहिद कृष्ण सेन इच्छुकमाथि अपमान गर्न नपाइने बताए । ‘कृष्ण सेनप्रति अपमान गर्न पाइदैन, महराले भने, ‘सेनप्रतिको जुन सम्मान छ, त्यो सबै सहिदहरुप्रतिको सम्मान हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमालेको प्रतिनिधि परिषद बैठकमा देउवा र प्रचण्डले पनि सम्बोधन गर्ने

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा उत्पन्न भएको निराशालाई तोड्नका लागि

कांग्रेसले भन्यो-गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएका निर्णय र क्रियाकलाप घोर आपत्तिजनक

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश सरकार गठन गर्ने क्रममा गण्डकी र सुदूर पश्चिमका

गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । अधिवेशनको पहिलो

कोसीका मुख्यमन्त्री कार्की विरूद्धको एमाले-माओवादीको संकल्प प्रस्ताव पारित

विराटनगर ।  कोशी प्रदेशसभाको आजको बैठकमा  सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको छ ।