‘इनफ इज इनफ’ का माग पूरा गर्न सरकारलाई साझा पार्टीको खबरदारी



काठमाडौं । साझा पार्टीले शनिबार ललितपुरमा ’३६५ दिननै गाइजात्राः प्रतिस्थापन कला विद्रोह’ को आयोजना गरेको छ । साझा पार्टीले उपत्यका बिशेष साझा अभियान अन्तर्गत ललितपुरको पाटन दरबार स्क्वायरमा राजनीतिक व्यङ्ग्यात्मक ३६५ दिननै गाइजात्रा आयोजना गरेको हो । मुलुकमा हिंसात्मक घटना बढ्दै गएको अवस्थामा पनि सरकार मौन रहेको भन्दै सरकारप्रति व्यङ्ग्यात्मक प्रहार गरिएको थियो ।

कार्यक्रममा सहभागीहरुले सरकारमा रहने व्यक्तिहरु नातावाद र कृपावादमा रमेको भन्दै प्लेकार्ड प्रदर्शन समेत गरेका थिए । सरकारको अकर्मण्यताले कोरोनाको कहर बढेको भन्दै कोरोना नियन्त्रण र रोकथामका लागि प्रभावकारी कदम चाल्न साझ पार्टीले व्यङ्ग्यात्मक शैलीमा सरकारको ध्यानाकर्षण पनि गराएको छ ।

साझा पार्टी २२ दिनदेखि आमरण अनसनरत ‘इनफ इज इनफ’ अभियानका ईशान अधिकारी ‘ई’का माग पूरा गर्न सरकारलाई आग्रह गरेको छ । अनसन सुरु गरेको १७ औं दिनमा स्वास्थ्य विग्रिएपछि ई लाई अस्पताल भर्ना गरिएको छ तर उनले अनसन तोडेका छैनन् ।

तर सरकारले माग पूरा गर्नेबारेमा बेवास्ता गरेको छ । यसअघि गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै उनीहरु फेरि अनसनमा बसेका हुन् ।

फोटोः अनुपा श्रेष्ठको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मौलिकता संरक्षणसँगै स्वरोजगार बन्ने युवाको प्रयास

म्याग्दी । आधुनिकताको बढ्दो प्रभावसँगै मौलिक सीप, हस्तकला र काष्ठकलाका सामग्रीको प्रयोग घटेको

ज्वाइँ–जेठानले स्वदेशमै देखेको अवसर

ढोरपाटन । कुँडुले फेँदी । समथर भू–भाग । चारैतिर हरियाली गहुँ बालीले ढाकिएका

विदेशमा सीप सिकेर स्वदेशमा लगानी

रामपुर । कुनै समय घरका आँगन र डिलमा सौखका रूपमा कफी लगाइन्थ्यो ।

तरकारी खेतीले फेरिएको जिन्दगी

सुन्दरहरैँचा । मोरङ सुन्दरहरैँचा नगरपालिका–११ स्थित शुक्रबारेका कृषक मोहनलाल श्रेष्ठले २५ वर्षदेखि निरन्तर