पार्टीको आसन्न महाधिवेशनको तयारीलाई तिव्र पार्ने कांग्रेस पदाधिकारी बैठकको निर्णय



काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना महामारीकाबीच पनि पार्टीको आशन्न महाधिवेशनको तयारीलाई तिव्र पार्ने निर्णय गरेको छ । बुढानिलकण्ठस्थित पार्टीसभापति शेरबहादुर देउवाको निवासमा बिहीबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले आशन्न महाधिवेशन, कोरोना महामारीले पुर्याउने असरकाबारेमा छलफल गर्दै महाधिवेशनको तयारीलाई तिव्र पार्ने निर्णय गरेको हो । बैठकमा हाल कायम क्रियाशील सदस्यतामा शतप्रतिशत बढाउनेबारे छलफल भएको थियो ।

आगामी महाधिवशेनलाई लक्षित गरेर हाल कायम संख्याको शतप्रतिशत नयाँ क्रियाशील सदस्यता वितरण गर्ने कांग्रेसको तयारी छ । बैठकमा पार्टीका भ्रातृसंस्थाहरुको म्याद थप र विस्तार, १३ औं महाधिवेशनको समयमा गठन गरिएको क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदन, १४ औं महाविधेशनका लागि गठन गरिने क्रियाशील सदस्यता छानबिन समिति, अन्य दलबाट आएका नेता कार्यकर्ताहरुको समायोजनलगायत विषयमा छलफल भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

बैठकले कोरोना महामारीकाबीच सरकारले यसको रोकथाम र नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेको निष्कर्ष पनि निकालेको छ भने पीसीआर परिक्षण बढाउनुपर्ने मागसहित अनसनमा बसेकाहरुको माग पूरा गर्नुपर्नेमा पनि कांग्रेसको जोड रहेको प्रवक्ता शर्माले बताए ।

बैठकमा कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिले गठन गरेको बिभाग खारेज हुनुपर्ने अडान राखेका थिए । उनले जिल्लामा समायोजन सकिएकालाई फोरम दिनुपर्ने, पार्टी प्रवेशका लागि वडाबाटै सदस्यता दिनुपर्ने, भातृसंगठनको म्याद थपलाई पुनर्विचार गर्नुपर्ने माग रहेको जानकारी दिए ।

बैठकमा सभापति देउवा, वरिष्ठ नेता पौडेल, उसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशण महत, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालगायतका नेताहरु सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत मिल्नु राम्रो कुरा होः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकद्वारा शुक्रबार सार्वजनिक मौद्रिक नीतिले

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरुले लिए शपथ

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरुले लि काठमाडौँ । राष्ट्रिय योजना आयोगका नवनियुक्त

कोशी प्रदेश सरकारमा सहभागी माओवादी मन्त्रीले दिए राजीनामा

विराटनगर । कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । शुक्रबार सरकारमा

राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद् उपाध्यक्षमा नेपाल निर्वाचित

कठमाडौँ । नेपाल संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद्(इकोसक)को एसिया–प्रशान्त क्षेत्रको उपाध्यक्ष निर्वाचित