‘इनफ इज इनफ’ का अभियन्ताहरुको प्रदर्शनमा यसरी गर्यो प्रहरीले हस्तक्षेप, फोटोमा हेर्नुस्



काठमाडौं । कोरोना रोकथाममा सरकारले लापरबाही गरेको, भ्रष्टाचार गरिएको र पर्याप्त मात्रामा पीसीआर परीक्षण नगरिएको भन्दैं प्रधानमन्त्री निवास बालुवाटार अगाडि धर्ना दिन पुगेका युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आफूहरुको माग सम्बोधन गर्न दबाब दिन प्रधानमन्त्री निवास बालुवाटार अगाडि धर्ना दिन पुगेका ‘इनफ इज इनफ’ अभियानका अभियन्ताहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको हो । सो क्रममा विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शनासहित ‘इनफ इज इनफ अभियानको मागमा ऐक्यवद्धता जनाउन पुगेकासहित ५० भन्दा बढीलाई नियन्त्रणामा लिएको अभियानले जनाएको छ ।

प्रहरीले भने बालुवाटारमा निषेधित क्षेत्र तोेडेर प्रदर्शन गर्न लागेपछि प्रदर्शनकारीलाई पक्राउ गरिएको जानकारी दिएको छ । सरकारले यसअघि आफूहरुसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै ‘इनफ इज इनफ’का अभियन्ताहरु काठमाडौंको बसन्तपुरमा अनसन बसिरहेका छन् । यसअघि पर्याप्त मात्रामा पीसीआर परीक्षण गर्ने लगायतका बिषयमा अभियानसंग सरकारले सहमति गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले एक हजार प्रतिभावान युवालाई फेलोसिप उपलब्ध गराउने

  काठमाडौँ । सरकारले विभिन्न विषय क्षेत्रका एक हजार प्रतिभावान युवालाई ‘फेलोसिप’ उपलब्ध

१० लाख रुपैयाँमा सुरु गरेको बेकरीबाट मासिक २ लाख आम्दानी गर्दै धरानका दुई युवा

धरान ।  ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि धरानका दुई

हामीले आफूलाई चौकीदारको भन्दा माथिल्लो हैसियत नै देखेनौं

डा. युवराज संगौला । २०४२ साल । भारतको पटना विश्वविद्यालयको कानुन संकायमा हामी

प्रहरी नायब निरीक्षकको जागिर छोडेर गाउँमै दुग्ध व्यवसाय सुरु गरेका वियश राई

सोलुखुम्बु । ‘सीप र जाँगर भए कसैसँग हात फिँजाउन पर्दैन’ नेपाली यस भनाइलाई