एमीसीको पक्षमा लागेको भन्दै मन्त्री भट्टलाई ज्यान मार्ने धम्की


काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् । बिहीबार संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित समितिको बैठकमा भट्टले बझाङबाट आफूलाई एमसीसीको पक्षमा लागेमा टाउको काट्ने धम्की आएको बताएका हुन् ।

मन्त्री भट्टले एमसीसीको पक्षमा मतदान गरेमा बझाङबाट फोनमा टाउको काट्ने धम्की आएको उल्लेख गरे । उनले आफूले एमसीसी सम्झौता पढेको छ भनेर सोध्दा ‘पास नगर्ने भनेसी नगर्ने पढ्ने तेरो जिम्मा हो’ भन्ने धम्की आएको समेत बताए ।