पुष्कर ओझामाथि गरिएको कारबाहीप्रति रामचन्द्र पौडेलको आपत्ति
विगत निर्वाचनमा पार्टीका आधिकारीक उमेदवार विरुद्ध उमेदवारी दिने ३२ जना उमेदवार र प्रस्तावक समर्थकलाई नेपाली कांग्रेसको विधानको दफा ४ वमोजिम पार्टी सदस्यता नरहने गरी निस्कासित गर्दा तनहूँ क्षेत्र नं १ मा वागी उम्मेदवारी दिने व्यक्तिलाई कारवाही नगरी अहिले आएर सिटिङ्ग संसदको उम्मेदवारी खोसिएका कैलालीका श्री पुश्कर ओझालाई स्पष्ट आधार र कारण बिना बागी उमेदवार संग जोडी विधानको दफा ३४ वमोजिम ५ वर्षको लागि पार्टीवाट निस्कासनको कारवाही गर्नु नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको नियत र कार्यक्षमता माथी गंभीर प्रश्न उठेको छ ।
रामचन्द्र पौडेल, वरिष्ठ नेता, नेपाली कांग्रेस ।
काठमाडौं ,
श्रावण १५