यातायात क्षेत्रको समस्या समाधानका लागि सरोकारवालालाई निर्देशन दिने प्रधानमन्त्रीको आश्वासन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको क्षमताअनुसार यातायात व्यवसायी एवं यस क्षेत्रका मजदुरहरुको माग पूरा गर्ने आश्वासन दिएका छन् । यातायात क्षेत्रका समस्या एवं विभिन्न मागहरु लिएर विहीबार बिहान प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका व्यवसायीलाई प्रधानमन्त्रीले यस्तो आश्वासन दिएका हुन् ।

भेटमा प्रधानमन्त्रीले यातायात क्षेत्रको समस्या समाधानका लागि सरकार गम्भीर रहेकाले यसको सहजीकरणका लागि सरोकारवाला निकायलाई निर्देशन दिने बताउनुभएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिएका छन् । भेटमा व्यवसायीले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण सरकारले झण्डै चार महिनादेखि गरेको लकडाउनका कारण वन्द भएको सार्वजनिक यातायात सुरक्षित तवरले सञ्चालन गर्नका सहजीकरण गरिदिन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।

प्रधानमन्त्रीसँग व्यवसायीले बैँक तथा वित्तिय संस्थाको किस्ता स्थगन गर्नुपर्ने, पुनः कर्जाको व्यवस्था गर्नुपर्ने, कागजात नविकरणलाई सहजता बनाउनुपर्ने, श्रमिकलाई नियमित निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गर्नुपर्ने, श्रमिकहरुको क्षतिपूर्ति सहितको कोरोना विमा हुनुपर्ने, मजदूरलाई स्वास्थ्य सामाग्री तथा पिपिईको व्यवस्था मिलाउन माग गरेको गरेका थिए । यातायात क्षेत्रमा देखिएको विद्यमान समस्या समाधानका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ , अध्यक्ष, नेपाल यातायात मजदूर संघ ,अध्यक्ष, अखिल नेपाल यातायात मजदूर संघ, अध्यक्ष र नेपाल यातायात स्वतन्त्र मजदूर संगठन, अध्यक्ष सम्मिलित कार्यदलले प्रधानमन्त्रीसँग भेट गरेको हो ।

त्यसअघि टोलीले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गरेको थियो । त्यस्तै बुधबार टोलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेट गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सार्वभौमिक समानताका आधारमा द्विपक्षीय सम्बन्ध : उपप्रधानमन्त्री श्रेष्ठ

  काठमाडौँ । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालले छिमेकीलगायत सबै मुलुकहरुसँग सार्वभौमिक

संसदीय समितिको टिओआरमा रवि लामिछानेको नाम राख्नैपर्ने कांग्रेसको अडान

काठमाडौं । सहकारी ठगी छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेशमा नेपाली कांग्रेसले गृहमन्त्री

संसदको अवरोध हटाउन एकीकृत समाजवादीले प्रधानमन्त्री र कांग्रेससँग छलफल गर्ने

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले संसदको गतिरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र

मुलुकमा राजनीतिक स्थीरता कायम गर्न निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्छ : अध्यक्ष यादव

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा राजनीतिक स्थीरता कायम