कमल थापालाई बाबुरामको प्रश्नः भ्रष्टाचार छानविन २०४७ साल सट्टा पञ्चायती निरंकुशकाललाई पनि बनाए कसो होला ?



काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सबै पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानविनका लागि संसदमा आवाज उठाएपछि राप्रपा अध्यक्ष कमल थापाले त्यसको समर्थन गरेका छन् । बिहीबार ट्वीट गर्दै अध्यक्ष थापाले २०४७ सालदेखि सार्वजनिक पदधारण गरेका सबैको सम्पति छानविन गरियोस् भन्ने माग राप्रपाले १० बर्षदेखि उठाउँदै आएको उल्लेख गरेका छन् ।

थापाको ट्वीटको उत्तरदिँदै भट्टराईले लेखेका छन्, ’धन्यवाद मित्र ! तर उच्च राजनीतिकरप्रशासनिक तहको भ्रष्टाचार छानविनको ’कट अफ प्वाइन्ट’ सापेक्ष ढंगले खुलापन आएको २०४७ साल सट्टा पंचायती निरंकुशकाललाई पनि बनाए कसो होला?’

बुधबारको प्रतिनिधिसभा बैठकमा भट्टराईले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली लगायत सम्पूर्ण पूर्व प्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्न माग गरेका थिए । ’गाउँमा सानो बुकुरो भएकाहरुले कसरी काठमाडौंमा महल बनाए?’, भट्टराईले प्रश्न गरे, ‘म लगायत हामी सबै साथीहरुले दिएको लुगा लगाएर, चप्पल लगाएर हिनेका थियौँ। आज हामी कसरी सुटेड बुटेड भएका छौँ ? कसरी चिल्ला कार चढेर हिडिरहेका छौँ ? कसरी हाम्रा महल छन् ?’ डा. भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्पत्ति यति छिटो कसरी बढ्यो भन्दै प्रश्न गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कतारी अमिरको भ्रमणबाट दुई देशबीचको सहकार्य नयाँ चरणमा प्रवेश गरेको छः उर्जामन्त्री बस्नेत(अन्तरवार्ता)

काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय

बागमती प्रदेशसभाको अधिवेशन अन्त्य

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमतीे प्रदेशसभाको चालु अधिवेशनको बैठकको आज

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय

कर्णाली प्रदेशमा माओवादीका रणसिंह परियार मन्त्री नियुक्त

कर्णाली । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका रणसिंह परियार विनाविभागीय मन्त्री नियुक्त भएका