पुस्तकमा लगाइएको कर कहिले हट्छ, प्रधानमन्त्री ज्यू ?
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले पुस्तकमाथि लगाइएको कर हटाउन सरकारलाई आग्रह गरेका छन् । सामाजिक संजाल फेसबुकमार्फत थापाले करले पठन संस्कृतिमा अवरोध आउने भन्दै कर हटाउन माग गरेका हुन् । उनले भनेका छन् -‘पुस्तकमाथीको कर पठन संस्कृति र पढ्न पाउने अधिकारसंग जोडिएको छ।
प्रधानमन्त्री ज्यू, नागरिकले पढ्नु सरकारका लागि चुनौती बनेको हो भने एक नेपालीले एक बर्षमा कति पुस्तक पढ्न पाउने हो त्यो पनि वताइदिनोस्। पढ्न नियन्त्रण गर्ने सरकारको प्रयास विरुद्ध सदन र सडकबाट हाम्रो खवरदारी निरन्तर रहनेछ।’