एमसिसी अध्ययन कार्यदलको दश दिन म्याद थप्न माग



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एसिसी)को अध्ययन गर्न गठित कार्यदलले समय थप गर्न माग गरेको छ । कार्यदलका संयोजक तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले १० दिनको समय अपुग भएकाले पुनः १० दिनको समय दिन पार्टी नेतृत्वसँग माग गरेका हुन् । गत माघ १९ गते गठित अध्ययन कार्यदलको १० दिनको समय बुधबार सकिएको हो ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटी कार्यदलको समय थप गर्न माग गरेको उनले जानकारी दिए । कार्यदलका संयोजक खनालले अहिले एमसिसीका बारेमा अध्ययन र छलफलको क्रम जारी रहेकाले समय अपुग भएको बताए ।

उनले आफूहरुले थप गरिएको १० दिनभित्र पार्टीलाई प्रतिवेदन बुझाउने जानकारी दिए । कार्यदलले अहिले एमसिसीसम्बन्धी सामग्री जम्मा गर्ने, अध्ययन र विश्लेषण गर्ने कार्य गरिरहेको छ ।

पार्टीको यही माघ १५ देखि १९ गते सञ्चालन भएको केन्द्रीय कमिटी बैठकमा एमसिसी सम्झौताबारे अध्ययन गर्न वरिष्ठ नेता खनालको संयोजकत्वमा स्थायी कमिटीका सदस्य भीमबहादुर रावल र प्रदीपकुमार ज्ञवाली रहेको कार्यदल गठन गर्ने निर्णय गरेको थियो । कार्यदलको बैठक यसबीचमा तीन पटक बसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको ५७ दिनमा ६ बैठक

  मनहरी ।  बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा ६  वटा मात्रै

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा