विप्लवजी नेकपामा समाहित हुनुको बिकल्पै छैनः प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभाजित कम्युनिष्ट पार्टीहरुलाई एकताबद्ध हुन आह्वान गरेका छन् । पार्टी केन्द्रीय कार्यालय धुम्रबराहीमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले तत्कालीन नेकपा माओवादीबाट विभाजित भएका र अन्य कम्युनिष्ट पार्टीहरुलाई समय छँदै जतिसक्दो चाँडो पार्टी एकताबद्ध हुन आह्वान गरेका हुन् ।

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका नेता मोहन कार्की र नेतृ सीता कार्कीलाई पार्टीमा स्वागत गर्दै प्रचण्डले भने, “साथीहरु अप्ठ्यारो नमानिकन एकतामा आउनुहोस्, हामी सबैको उद्देश्य समाजवाद हो, देशलाई समाजवादतर्फ लैजाने आधार तयार भएको छ, अब समाजवादी एकै ठाउँमा आउनुको बिकल्प छैन, म समयमै एकीकृत हुन आग्रह गर्दछु ।”

प्रचण्डले कम्युनिष्ट आन्दोलनको शुरुका चरणमा आन्तरिक र बाह्य कारणले विभाजन र एकताको प्रक्रिया चले पनि अहिले कम्युनिष्ट पार्टीहरुबीच एकताको लहर जारी रहेको भन्दै उनले अब कम्युनिष्टबीच एकताको बिकल्प नरहेको बताए । उनले भने, “विप्लवहरु एकतामा आउनुहुन्छ, अन्य साथीहरु पनि आउनुहुन्छ, तर ढिला भयो भने फाइदा गर्दैन ।”

प्रचण्डले तत्कालीन नेकपा (माओवादी र नेकपा (एमाले) बीचको एकतापछि मुलुकमा राजनीतिक स्थायित्व, स्थिर सरकार गठनसँगै आर्थिक विकास हुँदै मुलुक समृद्धिको बाटोमा अग्रसर भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री दाहाल ल्हासामा

ल्हासा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा आइपुगेका

प्रधानमन्त्री दाहालको दलको संसदीय शक्ति बुझेको चीनले दिएन भ्रमणलाई महत्व

केशवप्रसाद भट्टराई । १. प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको मूख्य कार्यक्रम सकियो

छिङछोङबाट प्रधानमन्त्री दाहाल ल्हासा प्रस्थान

छिङछोङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा प्रस्थान

धर्मलाई ‘रिलिजन’ र ईश्वरलाई ‘अल्लाह’ वा ‘गड’मा अनुवाद गर्न जरुरी छैन

डा. गोविन्दशरण उपाध्याय । भनिन्छ, शब्द र अर्थमा अभिन्न सम्बन्ध हुन्छ । महाकवि