प्रतिनिधिसभाको बैठक पुस १६ गतेसम्मका लागि स्थगित



काठमाडौं । सभामुखको टुंगो नलागेपछि शुक्रबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ । बैठकमा सभामुख निर्वाचनको कार्यतालिका तय गर्ने सम्भावित कार्यसूची भएपनि नेकपाले उम्मेदवारकै टुंगो नलगाएपछि निर्वाचन कार्यतालिकाका लागि बोलाइएको बैठक सूचना टाँसेर पुस १६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो ।

शुक्रबारै उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिने र प्रतिनिधिसभा बैठकको अध्यक्षता प्रतिनिधिसभाका ज्येष्ठ सदस्यले गर्ने तयारी भनिए पनि बैठक उपसभामुख तुम्बाहाम्फेको राजीनामा पनि आएको छैन ।

तत्कालीन सभामुख कृष्णबहादुर महराले बलात्कारको आरोप लागेर राजीनामा दिएपछि प्रतिनिधिसभा सभामुखविहीन छ ।

प्रचण्डमाथि पूर्वमाओवादीबाट सभामुख पद छोड्न नहुने दबाब छ भने पूर्वएमालेहरु पार्टी एकीकरणपछि पनि भागवण्डा खोज्न नहुने भन्दै संसदीय प्रक्रियाका अनुभवी सुवास नेम्वङलाई सभामुख बनाउनुपर्ने अडानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पार्टी सभापतिले एकलौटी गरेको भन्दै पार्टी कार्यालयमा शेखर पक्षको धर्ना

काठमाडौं । समानुपातिकतर्फका उमेदवारको बन्दसूची सभापति शेरबहादुर देउवाले एकलौटी रुपमा बुझाएको भन्दै नेपाली

अमेरिकी उपसहायक विदेशमन्त्री एलिजाबेथ ट्रुडो नेपालमा

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयको ग्लोबल पब्लिक अफेयर्स मामिलाका लागि निमित्त उपसहायक विदेशमन्त्री

आचारसंहिता पालना गर्न दलहरुलाई आयोगको ६० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष,

निर्वाचन आचारसंहिता बुधबारदेखि लागू गर्ने आयोगको निर्णय

काठमाडौं । निर्वाचन आयोगले बुधबारदेखि निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ। आयोगको मंगलबार