एमबीबीएसको प्रवेश परीक्षाको नतिजा सार्वजनिक, आठ हजार भन्दा बढी विद्यार्थी उत्तीर्ण



काठमाडौं । त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले चिकित्सा शिक्षाअन्तर्गत एमबीबीएस तहको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेका छन्।

सोमबार प्रकाशित नतिजाअनुसार त्रिभुवन विश्वविद्यालयतर्फ नवलपरासीका महम्मद नवाज अन्सारी र कैलालीका विशाल मण्डलले सर्वोत्कृष्ट अङ्क अर्थात् ९५ प्राप्ताङ्क ल्याएका छन् ।

यसैगरी काठमाडौं विश्वविद्यालयतर्फ विशाल मण्डल र देवनारायण साहले क्रमशः ९० र ८८ प्राप्ताङ्क ल्याएको नतिजामा उल्लेख छ । चिकित्सा शिक्षातर्फ एमबीबीएसका लागि दुई विश्वविद्यालयले लिएको प्रवेश परीक्षामा करीब १९ हजार विद्यार्थी सहभागी भएकामा आठ हजार ७५६ जना उत्तीर्ण भएका छन् ।

त्रिविवि चिकित्साशास्त्र अध्ययन संस्थानले यही असोज ३ गते र काठमाडौं विश्वविद्यालयले असोज ४ गते परीक्षा सञ्चालन गरेका थिए । त्रिविअन्तर्गतका कजेजमा चार हजार २६९ र काठमाडौं विश्वविद्यालयअन्तर्गत चार हजार ४८७ विद्यार्थी उत्तीर्ण भएका थिए ।

दुवै विश्वविद्यालयका न्यूनतम् उत्तीर्णाङ्क प्रतिशत ५० रहेको थियो । ती दुवै विश्वविद्यालयका २२ कलेजमा एमबीबीएस तहको अध्ययन अध्यापन हुने गर्दछ ।

मन्त्रिपरिषद्को २०७५ असोज २८ गतेको बैठकले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहका एमबीबीएस र बीडीएसको शुल्क निर्धारण गरेको थियो ।

एमबीबीएसका लागि काठमाडौं उपत्यकामा ३८ लाख ५० हजार तथा उपत्यका बाहिर ४२ लाख ४५ हजार र बीडीएस कार्यक्रमका लागि १९ लाख ३२ हजार ६१२ शुल्क निर्धारण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
१७ क्याम्पसलाई तत्काल निर्वाचन प्रक्रिया अघि बढाउन त्रिविको निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियको निर्वाचन नभएका १७ आङ्गिक क्याम्पसलाई तत्काल

स्थानीय सरकारसँग सहकार्य गर्दै काठमाडौँ विश्वविद्यालय

बनेपा । सामुदायसँग सम्बन्ध बिस्तार गर्ने उद्देश्यले काठमाडौँ विश्वविद्यालयले काभ्रेपलाञ्चोक जिल्लाका १३ वटै

विद्यालय शिक्षा क्षेत्र कार्यक्रमका ६ अर्ब ५७ करोड बराबरको अनुदान स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले विद्यालय शिक्षा क्षेत्र कार्यक्रमका लागि युरोपियन युनियनबाट प्राप्त हुने ५०

स्थगित भएका क्याम्पसमा चैत १२ भित्र स्ववियु निर्वाचन गर्न त्रिविको निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्थगन भएका क्याम्पसमा यही चैत १२ गतेभित्र स्वतन्त्र