दुबई । संयुक्त अरब इमिरेट्स (युएई) का अधिकारीहरूले ‘चेतावनीको गलत सन्देश’ पठाएकोमा माफी मागेका छन् । सम्भावित मिसाइल आक्रमणको चेतावनीका कारणस्थानीय बासिन्दाहरूमा त्रास उत्पन्न गरेको थियो।
मोबाइल फोनमा पठाइएका आधिकारिक सन्देशहरूमा ‘सम्भावित मिसाइल खतरा’ को चेतावनी दिइएको थियो र यससँगै ठूलो साइरनको आवाज पनि बजाइएको थियो । एक महिनाभन्दा बढी समयपछि यो पहिलो पटक आएको चेतावनी थियो ।
मध्यपूर्व युद्धका क्रममा जब इरानले युएईलाई लक्षित गर्दै दुई हजार ८०० भन्दा बढी ड्रोन र मिसाइल प्रहार गरेको थियो, यस्ता चेतावनी सामान्य बनेका थिए । युएई अधिकांश ड्रोन र मिसाइललाई रोक्न सफल भएको थियो ।
शुक्रबारको गलत चेतावनीपछि तुरुन्तै अर्को सन्देश पठाइयो र भनिएको थियो, “कृपया अघिल्लो चेतावनीलाई बेवास्ता गर्नुहोस।” अधिकारीहरूले पछि यो गल्तीको लागि माफी मागेका छन्।
“राष्ट्रिय आकस्मिक सङ्कट तथा विपद् व्यवस्थापन प्राधिकरण र सम्बन्धित निकायहरूले यो अनावश्यक प्राविधिक गल्तीको लागि क्षमा याचना गरेका छन्,” प्राधिकरणले आफ्नो एक्स एकाएन्टको आधिकारिक पेजमा पोस्ट गरिएको विज्ञप्तिमा भनिएको छ ।
“‘प्रारम्भिक चेतावनी प्रणालीमा भएको अचानक प्राविधिक गल्ती’ लाई ‘अधिकारीहरूले सम्बोधन र समाधान गरिसकेका छन्,” विज्ञप्तिमा अगाडि भनिएको छ ।
अन्य खाडी देशहरू जस्तै अमेरिकी सेना राखेको तेलका लागि सम्पन्न युएईले अमेरिका–इजरायली हमलामा इरानका सर्वोच्च नेता मारिएपछि इरानको प्रतिशोधको सामना गर्नुपरेको थियो ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यो हप्ता अबु धाबीको भ्रमण गर्नुभएको थियो । उक्त भ्रमण इरानसँगको शान्ति वार्तामा खाडी देशहरूलाई आश्वस्त पार्ने उद्देश्यले गरिएको थियो ।

प्रतिक्रिया