स्वीट्जरल्याण्ड । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानसँगको वार्ताबाट बृहत् सम्झौता हुन सक्ने बताएका छन् । उनले इरानमाथि क्षेत्रमा अस्थिरता निम्त्याउने गरेको आरोप लगाउनुभयो तर पनि वार्ताबाट राम्रो परिणाम आउने आशा व्यक्त गरे ।
उनले स्वीट्जरल्याण्डमा इरानसँगको वार्तामा काफी प्रगति भएको बताएका छ । ‘वार्तामार्फत शान्ति सम्झौता हुन सक्छ र क्षेत्रीय स्थिरताको बाटो खुल्न सक्छ,’ उनले भने ।
अमेरिका र इरानका प्रतिनिधिमण्डलले आइतबार स्वीट्जरल्याण्डको बर्गेनस्टाकमा वार्ता गरेका हुन् । वार्तामा अमेरिकाको तर्फबाट उपराष्ट्रपति जेडी भान्स मुख्य वार्ताकार छन् ।
उनले भने, ‘राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी प्रतिनिधिमण्डललाई विभिन्न मुद्दाहरूको कूटनीतिक समाधान निकाल्ने अधिकार दिनुभएको छ । हाम्रो सामु हामी पश्चिम एशियामा सम्बन्धहरूलाई सदाका लागि बदल्न सक्ने अवसर रहेको छ । हामी विश्वस्त छौँ । वार्ता प्रयासले सार्थकता पाएमा यो सम्भव छ।’
स्वीट्जरल्याण्डको लुसर्न नजिकैको बर्गेनस्टाक रिसोर्टमा आइतबार अमेरिकी र इरानी वार्ताकारहरू प्राविधिक छलफलका लागि बसेका थिए। यस क्रममा जेडी भान्सले भने, ‘राष्ट्रपति ट्रम्प पूरै क्षेत्रमा युद्धविराम गराउन प्रतिबद्ध हुनुहुन्छ ।’
‘उहाँले हामीलाई धेरै मुद्दाहरूको कूटनीतिक समाधान खोज्ने अधिकार दिनुभएको छ । उहाँले टोलीलाई इरानी जनतासँग वाशिङ्गटनको सम्बन्धमा नयाँ सुरुवात गर्न निर्देशन दिनुभएको छ।’

प्रतिक्रिया