भारतीय अभिनेता धर्मेन्द्र निधन


मुम्बई । भारतीय दिग्गज अभिनेता धर्मेन्द्र देवलको निधन भएको छ । ८९ वर्षीय अभिनेतालाई सोमबार श्वासप्रश्वासमा समस्या भएपछि ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो ।

उनको उपचारको क्रममा मंगलबार बिहान ब्रीच क्याण्डी अस्पतालमा निधन भएको हो । भारतीय सिनेमाका कुनै बेला सर्वाधिक ‘ह्यान्डसम म्यान’ र ‘हिम्यान’ भनेर उनी चिनिन्थे ।

श्वासप्रश्वासमा समस्या भएपछि उनलाई सोमबार अस्पतालमा भर्ना गरिएको थियो । उनले सन् १९६० को दशकमा बलिउडमा प्रवेश गरी आफ्नो अभिनय यात्रा सुरु गरेका थिए।

उनको अभिनय शैली, साहसिक दृश्यहरूमा निर्भीक प्रदर्शन र हास्य शैलीले उनलाई बलिउडका चर्चित अभिनेता बनायो ।

धर्मेन्द्रले हेमा मालिनीसँग विवाह गरेका थिए र उनका तीन छोराछोरी छन्। जसमा अभिनेता सन्नी देवल, बबी देवल, ईशा देवल र आहना देवलका साथै अजिता र विजेता छन्।