अमेरिकी उत्पादनमा आयात शुल्क लगाउने क्यानडाको निर्णय



बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना देशमा उत्पादित सामग्रीहरूमा थप २५ प्रतिशत आयात कर लगाउने घोषणा गरेपछि क्यानडा र मेक्सिकोले पनि त्यस्तै कर अमेरिकी उत्पादनहरूमा समेत लगाउने घोषणा गरेका छन् । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अमेरिकामा उत्पादित १५५ अर्ब डलर बराबरका सामाग्री आयात गर्दा २५ प्रतिशत भन्सार लगाइने घोषणा गरेका हुन् ।

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले क्यानडा र मेक्सिकोबाट हुने आयातमा २५ प्रतिशत र चीनबाट हुने आयातमा १० प्रतिशत आयात कर लगाउने घोषणा गरेका थिए । त्यसपछि मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनाबाउमले अमेरिकामाथि पनि त्यस्तै प्रकारको शुल्क आफ्नो मुलुकले लगाउने बताएकी थिइन् ।

चीनले व्यापार युद्धमा कसैले नजित्ने भन्दै राष्ट्रिय स्वार्थ रक्षामा आफू प्रतिबद्ध रहेको जनाएको छ । ह्वाइटहाउसका अनुसार राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेको आदेशले क्यानडा र मेक्सिकोबाट आयात गरिने वस्तुमा २५ प्रतिशत र चीनबाट आयात गरिने वस्तुमा १० प्रतिशत शुल्क लगाएको छ ।

तर क्यानडाबाट हुने ऊर्जा आयातमा भने १० प्रतिशत शुल्क घोषणा गरिएको छ । सामाजिक सञ्जाल एक्समा प्रकाशित विज्ञप्तिमा ट्रम्पले गैरकानुनी आप्रवासन र घातक लागुऔषधको खतराका कारण आफूले आपत्कालीन आर्थिक शक्तिको प्रयोग गरेको उल्लेख गरेका छन् ।

उनले चीनले फेन्टनिल (औषधि)लाई प्रयोग हुन दिएको र मेक्सिको र क्यानडाले सीमा वारपार हुने आप्रवासन रोक्न पर्याप्त कदम नचालेको आरोप लगाए ।

अर्थविद्हरूले राष्ट्रपति ट्रम्पको कदमले अमेरिकामा खाद्यान्न र इन्धनको मूल्य वृद्धि गराउनसक्ने र क्यानडा र मेक्सिकोलाई मन्दीतर्फ धकेल्नसक्ने चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बेलायतमा शरण खोज्ने आप्रबासीको सङ्ख्यामा वृद्धि

लण्डन । बेलायतमा हालैका वर्षहरूमा शरण खोज्नेहरूको सङ्ख्या ह्वात्तै बढेको सरकारी तथ्याङ्कले देखाएको

अमेरिकी विदेशमन्त्री भन्छन् -ट्रम्प र पुटिनबीच प्रत्यक्ष अन्तरक्रिया नभई रुस-युक्रेन वार्तामा प्रगति हुँदैन

बीबीसी । अमेरिकी विदेशमन्त्रीले टर्कीमा हुन लागेको युक्रेन–रुस शान्तिवार्ताप्रति आफ्नो धेरै अपेक्षा नरहेको

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा प्रस्तावित नेटो खर्चको लक्ष्य पूरा गर्न जर्मनी तयार

बर्लिन । जर्मनीको नयाँ सरकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले माग गरेको कुल गार्हस्थ्य

सन् २०२५ मा अमेरिकाले वैदेशिक पर्यटनबाट १२ अर्ब ५० करोड डलर घाटा व्यहोर्ने

पेरिस । ट्रम्प प्रशासनले आप्रवासीमाथिको कारबाहीको नेतृत्व गरेका कारण संयुक्त राज्य अमेरिकाले यस