सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ६८ जनाको मृत्यु



खार्तुम । पश्चिमी सुडानको एल फाशरमा विद्रोही अर्धसैनिक समूहका र्यापिड सपोर्ट फोर्स (आरएसएफ) ले गरेको गोलाबारीमा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने अन्य १९ जना घाइते भएका छन् ।

“उत्तरी डार्फरको अल फाशरमा रहेको साउदी अस्पतालमा मिसाइल आक्रमणमा ६८ जना बिरामी मारिए र अन्य १९ जना घाइते भए,” सुडानी डाक्टर नेटवर्कले विज्ञप्तिमा उल्लेख गरेको छ ।

यसैबीच, स्थानीय गैर–सरकारी समूहले साउदी अस्पतालमा आरएसएफको आक्रमणमा ६८ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको पुष्टि गरेको छ । आक्रमणको परिणामस्वरूप अस्पतालको आपतकालीन विभाग पूर्ण रूपमा ध्वस्त भएको छ ।

डार्फर क्षेत्रका गभर्नर मिन्नी अर्को मिन्नावीले आरएसएफ आक्रमणको निन्दा गरेका छन् । “लक्षित विभाग एल फाशरका बासिन्दाहरूलाई स्वास्थ्य सेवा प्रदान गर्ने एक मात्र विभाग थियो,” मिनावीले सोशल मिडिया प्लेटफर्म एक्समा भने ।

अन्तर्राष्ट्रिय सङ्गठनहरूका अनुसार, सुडान अप्रिल सन् २०२३ को मध्यदेखि सुडानी सशस्त्र सेना र आरएसएफ बीचको विनाशकारी द्वन्द्वको चपेटामा छ, जसका कारण १५ लाख भन्दा बढी मानिस विस्थापित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
श्रृङ्खलाबद्ध हत्या अभियोगमा दोषी ठहर भएका रोजर्सलाई मृत्युदण्ड

मियामी । अमेरिकाको दक्षिणी राज्य फ्लोरिडामा ‘क्रस कन्ट्री किलर’ भनेर चिनिने ६२ वर्षीय

गाजामा भएको इजरायली आक्रमणमा मृत्यु हुनेको सङ्ख्या १०० पुग्यो

गाजा । गाजामा इजरायली आक्रमणबा १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको प्यालेस्टिनी उद्धारकर्ताहरूले

रुस–युक्रेन वार्तामा प्रगति भए ट्रम्प टर्की जाने

  दोहा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि प्रगति भयो भने उनी अझै

रुसी सेनासँग ‘व्यावहारिक सहयोग विस्तार’ गर्न चीन तयार

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले हालै मस्कोमा भव्य द्वितीय विश्वयुद्ध विजय दिवस