अमेरिकासँग कुनै व्यापार युद्ध नहुने मेक्सिकोका राष्ट्रपतिको भनाई



मेक्सिको । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको व्यापारका विषयमा दिएको टिप्पणीपछि मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिकासँग कुनै व्यापार युद्ध नहुने बताएकी छन् ।

“शेनबामले नियमित पत्रकार सम्मेलनमा भनिन्, “म व्यापार युद्ध देख्दिनँ। अमेरिकी राष्ट्रपतिले हिजो मेक्सिकोको बारेमा फरक तरिकाले बोल्नुभएको छ ।”

विश्व आर्थिक मञ्च (डाभोस)मा बिहीबार एक प्रश्नको जवाफ दिँदै ट्रम्पले भनेका थिए, “हामी मेक्सिकोसँग राम्रो व्यवहार गरिरहेका छौँ। हामी न्यायोचित व्यवहार गर्न चाहन्छौँ।”

यसअघि, अमेरिकी राष्ट्रपति ट्रम्पले फेब्रुअरी १ देखि मेक्सिकाबाट हुने आयातमा २५ प्रतिशत कर लगाउने चेतावनी दिएका थिए ।

शेनबामले वासिङ्टनसँगको सहकार्यलाई मजबुत बनाउन र फेन्टानिलको वितरण र आप्रवासनजस्ता केही प्राथमिकताका विषयमा ट्रम्पसँग मिलेर काम गर्ने इच्छा पनि व्यक्त गरे ।

ट्रम्पले पदभार ग्रहण गरेदेखि नै सामूहिक निर्वासनमार्फत आप्रवासी विरोधी उपायहरूलाई बलियो बनाउन विभिन्न कार्यकारी आदेशहरूमा हस्ताक्षर गरेका छन् ।

यसको जवाफमा, मेक्सिको सरकारले सीमामा आप्रवासी नियन्त्रण केन्द्रहरू स्थापना गर्यो र निर्वासितहरूको लागि व्यापक निगरानी राख्न ‘मेक्सिकोले अमेरिकी अधिकारीसँग काँधमा काँध मिलाएर अघि बढ्न’ कार्यक्रमको घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अफगानिस्तानमा बैंक बाहिर आत्मघाती बम विस्फोट, पाँच जनाको मृत्यु

काबुल । उत्तरी अफगानिस्तानको एउटा बैंक बाहिर मङ्गलबार भएको विस्फोटमा एक आत्मघाती बम

सवारी दुर्घटनामा भारतमा सात जनाको मृत्यु

नयाँदिल्ली । भारतको मध्य प्रदेशमा मङ्गलबार सिमेन्ट बोकेको ट्रकसँग गाडी ठोक्किँदा ७ जनाको

उत्तर कोरियाले रुसलाई लामो दूरीको तोपखाना दिएको सियोलको भनाइ

सियोल । मस्को र प्योङयाङबीच सैन्य सम्बन्ध गहिरिँदै जाँदा उत्तर कोरियाले रुसलाई दुई